पहिलो खेलमा हार्याे नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घामछायाँ: नेपालले आइतबारदेखि आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोट प्रतियाेगिता अन्तरगत थाइल्यान्ड विरुद्धको  पहिलो खेल ८   विकेटले गुमाएको  छ।

त्रिभुवन विश्वविद्यालयकाे क्रिकेट रंगशालामा सम्पन्न खेलमा पहिले टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १० विकेटकाे क्षतिमा  १२२ रन बनाएको थियो ।

जवाफि ब्याटिङमा उत्रिएको थाइल्यान्डले १६.५ ओभरमा लक्ष्य भेटाउन सफल भयो ।

खेलपछि सञ्चारकर्मी सँग बाेल्दै नेपाली कप्तान इन्दु बर्माले सुरुवात राम्राे गरेपनि मध्यक्रमकाे ब्याटिङ सम्हालिन नसक्दा खेल गुमाउन परेको बताउनुभयाे । यध्यपी नेपाली टाेलीले सुधारिएको खेलका लागि प्रशस्त मिहेनत गरी रहेको बताउँदै आगामी खेलमा अपेक्षित नतिजा ल्याउने भनाइ उहाँको थियाे ।  थाइ कप्तान नाराेयमल चाइवानले नेपाली मध्यक्रमलाई धराशायी पार्न आफ्ना खेलाडीले गरेको प्रयास सफल भएको बताउनुभयो ।

हेर्नुस् भिडियो

नेपालले प्रतियोगिताकाे अर्को खेल आगामी बिहीबार निदरल्याण्ड वि