गुलशनलाई एस जिको एक वर्षे प्रायोजन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dear sir ma’am
घामछायाँ/ काठमाडौं 
क्रीकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी  एस जीले नेपाली अलराउन्डर  क्रीकेट खेलाडी  गुलशन झालाई एक वर्षसम्म क्रीकेट सामग्री  उपलब्ध गराउने भएको छ ।
राजघानी लगायत देशका विभिन्न भागमा   क्रीकेट सामग्री  बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो । विल्लोले   शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै  हिमालयन विल्लोका प्रमुख कार्यकारी अधिकृत प्रदीप यादवले क्रीकेटर झाका लागि एक वर्ष भर आवश्यकहुने ६ वटा क्रीकेट ब्याट, १० वटा  पन्जा सहित सम्पुर्ण सामग्रीहरू नि:शुल्क उपलबध गराउने जानकारी दिनुभयो । “विश्वभर चिनिएको उत्पादक   संस्थाले नेपाली क्रीकेटर्लाइ प्रायोजन गरेको यो पहिलोपटक हो ।
कार्यक्रममा बोल्दै क्रीकेटर झाले एसजिका सामग्री लिएर क्रीकेट खेल्नु आफ्नओ बाल्यकाल देखिकै सपना भएको बताउनु भयो ।
कार्यक्रममा छिटै एक जना महिला क्रीकेटर लाई पनि यसै प्रकारको प्रायोजनका लागि संस्थाले पहल गरिरहेको जानकारी समेत दिनु भयो ।