प्रारम्भिक टोलीमा रहेका २४ खेलाडीमध्ये १५ जनालाई छानिएको हो। गत मङ्सिरमा सम्पन्न नेस्नल प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलिमा परेका हुन् । साथै बसिर अहमद र सन्दीप जोरालाई पनि राष्ट्रिय टोलीमा पुन: मौका दिइएको छ।
छानिएका १५ बाहेक चर्चामा रहेका कुशल मल्लसहित आदिल अन्सारी, साहब अलाम, विनोद भण्डारी, अविनाश बोहरा, भीम सार्की, ईशान पाण्डे, प्रतिश जिसी र रूपेश सिंह भने विश्व कप टोलिमा समावेश गरिएको छैन ।
मुम्बईको चर्चित क्रिकेट रंगशाला वांखडेमा नेपालले समूह ‘सी’ का सबै खेलहरु खेल्नेछ । याे समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ।
नेपालले इटाली विरुद्ध , १२ फेब्रुअरी(माघ २९),मा दिउँसाे ३ बजे,
वेस्ट इन्डिज विरुद्ध १५ फेब्रुअरी (फागुन ३ मा र अन्तिम खेल बंगलादेश विरुद्ध फेब्रुअरी १७ (फागुन ५) मा खेल्नेछ ।
प्रतिक्रिया