ऐरीसहित ९ क्रिकेटर “माया”काे सद्भावना दुत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विभिन्न सामाजिक काम गर्दै आएकाे मायाले  नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी सहितका नाै जनालाई प्रायोजन गरेकाे छ ।

संस्थाले आइतबार राजधानीमा एक कार्यक्रम बिच ऐरीका साथमा  भिम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र नेपाली यू-१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग समेत  माया ग्रुपले  प्रायोजन सम्झौता गरेको घाेषणा भएकाे थियाे ।

माया ग्रुपको स्थापना सन् २०१८ मा भएको थियो। अहिले ‘माया ग्रुप’ को नाममा नेपाल र बेलायतमा कार्य गर्दै आएको छ ।

‘माया ग्रुप’ ले व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालिन योजनाहरू बनाएर सहयोग गर्दै आएको जनाइएको छ। ‘माया ग्रुप’ राज पाण्डे र रक्षा थापा दम्पतीको सोच र योजना हो।

गत मे र जुन महिनामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भ्रमणमा त्यहाँ रहँदा ‘माया ग्रुप’ ले व्यवस्थापन जिम्मा लिएको थियो ।

‘माया ग्रुप’ ले ‘माया’ नामबाट विभिन्न क्षेत्रमा कार्य गर्दै आएको छ। माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोर्टस सेन्टर, राष्ट्रिय पोसाक घर (बेलायत), माया हेटौंडा रोयल्स र यस अन्तर्गत रहेका संघसंस्थाहरू हुन्।

यी प्लेटफर्ममार्फत निरन्तर रुपमा नेपालमा खेलाडी, एकेडेमीहरु र खेलकुद पूर्वाधारमा साथ र सहयोग गर्दै आएको छ भने बेलायतमा रहेका नेपाली समुदायलाई जोड्ने कार्य गर्दै आएको बताइएको छ ।

सम्झौताले क्रिकेट खेलाडीको प्रतिभालाई अझ परिस्कृत गराउन सहयोग गर्ने विश्वास लिएको पाण्डेले बताउनुभयाे।
सबै खेलाडीले मायालाई धन्यवाद दिदै भविष्यमा अन्य खेलाडीलाई पनि सहयोग हुने विश्वास पनि उहाँको थियोे ।

यो सम्झौताले ‘माया ग्रुप’ को नेपाली क्रिकेटलाई सहयोग र समर्थन गर्ने प्रतिवद्धतालाई निरन्तरता दिएको छ।
नेपालभर रहेका विभिन्न एकेडेमीमा पनि यसले सहयोग गर्ने योजना रहेको बताइएको छ।

माया ग्रुपको पहलमा अर्जुन साउद र दिनेश खरेलले ए डिभिजन टोली विकम हाउसबाट क्रिकेट खेलेका थिए। माया ग्रुपको‌ पहलमा हरेक वर्ष २ खेलाडीले विकमबाट खेल्नका लागि माया ग्रुपले पहल गर्ने बताइएको‌ छ।