वर्षभरी क्रीकेटका २१ घरेलु र ३० अन्तर्राष्ट्रिय प्रतियोगिता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घामछायाँ ,काठमाडौं

देशमा सन्  २०२६ भरी एनपिएल सहित क्रिकेटका १८ वटा घरेलु र २२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुने भएका छन् ।

नेपाल क्रिकेट संघले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत याे जानकारी दिएकाे हाे ।  उक्त जानकारी अनुसार घरेलुुतर्फ जनवरीमा पुरुष र महिला दुबैकाे जिल्ला  तथा प्रदेशस्तरकाे  कप क्रिकेट प्रतियोगिता हुनेछन् ।

फेब्रुअरीमा भने जय ट्रफी र जिल्लास्तरमा विद्यालय प्रतियोगिता हुनेछन् । यसै गरी मार्चमा राष्ट्रियस्तरको प्रधानमन्त्री कप, प्रदेशस्तरको राष्ट्रिय स्कुल च्याम्पियन र जिल्ला स्तरको महिला प्रधानमन्त्री कप हुनेछन् ।

अप्रिलमा भने जिल्ला र प्रदेश स्तरमा वाइवाइ U19 राष्ट्रिय क्रिकेट प्रतियोगिता र महिलाकाे  प्रदेशस्तरीय प्रधानमन्त्री कप  हुनेछ । यस्तै मे महिनामा महिलाकै राष्ट्रिय स्तरको प्रधानमन्त्री मन्त्री कप , राष्ट्रिय स्तरको स्कुल च्या म्पियनसीप , वाइवाइ U19 राष्ट्रिय क्रिकेट प्रतियोगिता र क्यान युथ कप हुनेछन् । यसैगरी जुनमा राष्ट्रिय T20 च्याम्पियनसिप हुनेछन् ।

सेप्टेम्बर र नाेबेम्बरमा U19 राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनुका साथै नेपाल प्रिमियर लिग हुनेछन् भने डिसेम्बरमा क्षेत्रीय प्रतियोगिताहरु हुनेछन् ।

अन्तर्राष्ट्रियस्तरमा आईसिसि महिला छनाेट हुनेछ भने फेब्रुअरीमा नेपाली टाेलीले भारतमा आयोजना हुने आइसिसि T20 विश्व कपमा नेपालले भाग लिनेछ । मार्चमा नेपाली टाेलीले ओमान र युएईसंग त्रिदिवसीय सृंखला खेल्नेछ । साेही महिना नेपाली U19 टाेली ले भुटानकाे टुर गर्नेछ ।

यस बाहेक क्यानले थुप्रै द्विपक्षीय तथा त्रिपक्षीय प्रतियोगिताका लागि प्रस्ताव गरेको जानकारी कार्यक्रममा दिइयाे ।

कार्यक्रममा बाेल्दै नेपाल क्रिकेटका सचिव पारस खड्काले वर्षभरमा कम्तीमा दुईवटा टेस्टस्तरका देशसँग नेपालले खेल्ने जानकारी दिनुभयाे ।  थुप्रै प्रतियोगिता आयाेजना गरि प्रतियोगिता गर्नु पर्ने भएपनि पुर्वाधारकाे अभावका कारणले नसकिने बताउनु भयाे । “तल्लो मुलपानी मैदानको स्तराेन्नती गर्नसके प्रतियोगिता हरु थप्न सकिन्छ , उहाँको भनाइ थियोे ।