घामछाया संवाददाता
कीर्तिपुर :
बाल विकास एनसि मास सँस्थाद्वारा आयाेजित यस वर्षको राष्ट्रिय हस्त लेखन प्रतियोगितामा क्युपिड चिल्ड्रेन हाेम एकेडेमिकी श्रेया पण्डित र अरुणी सेकेन्डरी इंग्लिस बाेर्डिङ स्कुल कि प्रनिका घले च्याम्पियन घाेषित भएका छन् ।

राजधानीसहित देशका विभिन्न भागका १ सय ५० विद्यार्थी सहभागी उक्त प्रतियोगितामा जुनियर, मिडल र सिनियर लेवलका विद्यार्थीलाई नेपाली तथा अंग्रेजी हस्त लेखनमा प्रतिस्पर्धा गराइएकाे थियोे । यस अनुसार सिनियर समूहमा अंग्रेजी हस्त लेखनतर्फ एमिनिटी इंग्लिस सेकेन्डरी स्कुलका मिसन मरहठ्ठा प्रथम, इडियु समिट इंग्लिस स्कुलकि प्रतिका राई द्वितीय , काठमाडौं न्युक्यासलका साेजल श्रेष्ठ तृतीय , सुनाैलाे भविष्य बाेर्डङ स्कुलका याङ्गी लामा लाे चाैथाे र जनउद्धार माविकी आइशा शंकर पाँचौ भएकी छन् ।

यसैगरी नेपाली हस्त लेखनतर्फ सिद्धार्थ पब्लिक स्कुलकी श्रेया तामाङ प्रथम , आरक्षण नेशनल एकेडेमीकि सेलेस्टिना कार्की द्वितीय , काठमाडाैं लिकन स्कुलका उजन लामा, अरुणि सेकेन्डरी स्कुलकि अस्मी थापा चाैथाे तथा गुरुकुल पब्लिक स्कुलकि प्रिज्मा सुवेदी पाँचौं भएकी छन् ।
मिडिल लेभलतर्फ अंग्रेजीमा एक्टिभ किड्स मन्टेश्वरीकि गंंगा मल्ल ठकुरी प्रथम , लेबाेरेटाेरी माविका अशिम अर्याल द्वितीय लिटिल क्लाइमबर्स माविकि एलिजा तामाङ तृतीय , सुरदीप बाेर्डङ स्कुलका सृजल राज पनेरू चाैथाै र नव अरुणिमा माविकी श्रेया घिसिङ पाँचौ भएकी छिन् ।
साेही लेभलतर्फ नेपालीमा लेबाेरेटरी माविकी स्मृति बाेहरा प्रथम , पाथिभरा एकेडेमीकी भूमिका थापा द्वितीय , एमिनिटी इंग्लिस माविका अमित भाेलन तृतीय , लिम्पिया नेसनल स्कुलका लिजन लामिछाने चाैथाे र शुभकामना इंग्लिस बाेर्डिङ स्कुलकी सलिना गुरुङ पाँचौं भएकी छन् ।
जुनियरतर्फ अंग्रेजीमा हिमरश्मि हाई स्कुलका रमन अधिकारी प्रथम , इडन गार्डन् इंग्लिस स्कुलका मिलन मगर द्वितीय, काठमाडौं लिंकन स्कुलकी सृष्टि अधिकारी तृतीय, पाथिभरा एकेडेमीकी आध्या बुढाथोकी चाैथाे र भक्ति इन्टरनेसनलकि आयुश्री तामाङ पाँचौं भएकि छिन् ।
साेही तर्फ नेपालीमा सेन्ट जाेसेफ माविकी जेनिसा तामाङ प्रथम, सँस्कार शिक्षालयकी सुहाना श्रेष्ठ द्वितीय, आदित्य बोडिङ हाई स्कुलका नकामस् पुन मगर तृतीय , ब्रुकलिन माविकी सन्द्या श्रेष्ठ चाैथाे र किन्डरजाेय मन्टेश्वरीकी लिना श्रेष्ठ पाँचौं भएकी छिन् ।
प्रतियोगिताका च्याम्पियन विजेता दुबैलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । यसै गरि प्रत्येक विधामा प्रथम हुनेलाई १० हजार , द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार र चाैथाै र पाँचौ हुनेलाई १/१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियोे । विजेतालाई राष्ट्रिय गीतका रचनाकार कवि ब्याकुल माइलाले पुरस्कार प्रदान गर्नु भएको थियोे ।
प्रतिक्रिया