घामछायाँ संवाददाता :
राजधानीकाे बल्खुस्थित बयाेधा अस्पतालमा दुई दिनअघि श्वासप्रश्वास सम्बन्धि समस्याका कारण भर्ना भएका युवा प्रभिसन राईकाे अचानक निधन भएपछि उपचारमा लापरबाही भएकाे भन्दै आफन्तहरु विराेधमा उत्रिएका छन् ।
आफन्तहरुले घटनाको निश्पक्ष छानबिनको माग गर्दै दाेषिलााई कारवाही गर्न र न्याय दिन समेत माग गरेका छन् । राईका आफन्त राजकुमार कार्कीका अनुसार बाहिर नाराबाजी चलिरहँदा अस्पताल प्रशासन र राईका परिवार बिच वार्ता चलिरहेको छ ।
प्रतिक्रिया