संघहरूको नवीकरण गर्न विशेष पहल गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : नेपाल फुलकन्ट्याक्ट कराते महासंघले राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत आवद्ध हुने संघहरूको नवीकरण कार्यसँगै नयाँ शाखा, ब्रान्च, डोजो तथा क्लबहरूको दर्ता प्रक्रियामा विशेष पहल गर्ने भएको छ।

महासंघका नवनिर्वाचि अध्यक्ष  सूर्यबहादुर बुढाथोकीले घामछाया डटकम सङ्ग कुरा गर्दै कार्यकालको सुरुवात नै यसै पहल बाट गर्ने बताउनु भयो।  बुढाथोकीका अनुसार समयमै नवीकरण  नहुँदा नेपाली खेलकुदका समग्र उपलब्धि नै कम्जोर हुन पुगेको छ ।
केहिदिन अघि  नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको थियो।खेल

कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर, धनबहादुर तामाङ र नन्दाकुमार किराती उपाध्यक्ष, प्रेमनाथ श्रेष्ठ महासचिव, राजीव खडका सचिव र वीरकृष्ण महर्जन कोषाध्यक्षमा चुनिएका थिए ।

“राष्ट्रिय खेलकुद परिषदमा सङ्घहरूको नवीकरण नवीकरण नभएकै कारणले राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न कठिनाइ भइरहेको छ।” उहाँले भन्नू भयो ।
यसका साथै  राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागी गराउन पनि नविकरण नहुदा अप्ठ्यारो परेको  छ।

देश्मा प्रतिभावान्  खेलाडी उत्पादन गर्ने आधार मानिएका , राष्ट्रपति रनिङ प्रतियोगिता जस्ता महत्वपूर्ण अवसरहरूमा खेलाडीहरू सहभागी हुन नसक्दा खेलाडीहरुको  सक्रियता र हौसला घटिरहेको पनि उहाँले बताउनु भयो ।

हाल राखेपमा आवद्ध २१ वटा सङ्घहरूमध्ये केही सङ्घहरूको समावेशीकरणसमेत  बाँकी रहेको जानकारी पनि उहाँले दिनुभयो । “विभिन्न बाहिरी खेलाडीहरू, गुरुहरू, डोजो तथा क्लबहरूलाई समेत समेटेर समावेशी ढङ्गले अगाडि बढाउन पहल भइरहेको छ।” उहाँको भन्नु भयो ।

महा संघले कराँते खेललाई राष्ट्रियस्तरमा सबल, संगठित र दिगो बनाउन; खेलाडी, संरचना, व्यवस्थापन र अवसरको दीर्घकालीन विकास सुनिश्चित गर्ने तर्फ पहल गर्ने पनि उहाले बताउनु भयो । ” यसै उद्देश्यअनुरूप महासंघले संघीय संरचना अनुरूप कराँते खेलको संस्थागत विकासमा योगदान पुर्‍याउनेछ ” उहाँले  थप्नु भयो

खेलको विकासका लागि स्थानीय (शहर/गाउँपालिका) बाट प्रदेश हुँदै केन्द्रसम्म खेल विस्तार, सातै प्रदेश र जिल्लास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन तथा कराँते डोजोहरूको स्थापना र सञ्चालन गर्ने नवनिर्वाचित नेतृत्वको योजना छ ।

यसैगरि  महिला तथा बालबालिकामुखी विशेष कार्यक्रम।, राष्ट्रिय प्रतियोगिता तथा अन्तर्राष्ट्रिय तयारीलाई प्राथमिकता र खेलसँग सम्बन्धित संरचनात्मक, व्यवस्थापकीय तथा सामाजिक अभियानलाई योजनाबद्ध अघि बढाउने जान्कारी पनि अध्यक्ष बुढाथोकीले दिनु भयो  ।

समग्र कराते खेलको विकास गर्न यस्पटक  नेपाल वन-बाइ-वन (1 vs 1 Fight) फुल कन्ट्याक्ट कराँते राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने तयारी गरिएको छ
साथै प्रशिक्षक तथा रेफ्रीका लागि राष्ट्रियस्तरको तालिम। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।यसै गरि  महिला कराँते शिविर तथा महिला विशेष प्रवर्द्धन
यसै गरि  विद्यालयस्तरमा “राष्ट्रपति रनिङ” प्रतियोगिता गैने छ  प्रत्येक खेलाडीलाई बीमा सुविधा उपलब्ध गराउन. खेलाडी, रेफ्री, गुरु वर्ग र प्रशासनिक महासंघबीच “हातेमालो फ्रेन्डसिप” कार्यक्रम समेत गरिने छ ।