यस पालाको इन्द्रजात्रा झन् भब्य    

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
  काठमाडौ
यस वर्षको इन्द्रजात्रामा प्रमुख भुमिकामा रहने व्यक्तिहरुलाइ   पाँच लाख रुपैयाँसम्मको बिमा सुविधा प्रदान गरिने भएको छ।
गुठी संस्थानद्वारा यस वर्षको इन्द्रजात्राको तयारी सम्बन्धि जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिने हरुका लागि पहिलो पटक यस्तो ब्यवस्था गरिएको बताइयो ।
राष्ट्रप्रमुख समेत सहभागी हुने र देशका प्रमुख पर्वहरु मध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका नजिक बसोबास गर्ने मानन्धरलगायत विभिन्न समुदायबाट झण्डै ८ सय जना सम्लग्न रहने गर्छन । “ति मध्ये पर्व सुरुभए देखी सम्पन्न नभए सम्म अहोरात्र खटिने करिब १ सय जना लाई १ देखि ५ लाख रुपैयाँ सम्मको दुर्घटना बिमा गर्न लागेका हौं ” , संस्थानका कार्यकारी प्रमुख शैलेश राज कुवरले बताउनुभयो ।

इन्द्रजात्राको तयारी बारे जानकारी दिन गूठी सस्थानले आयोजना गरेको पत्रकार सम्मेलन
यस वर्षको इन्द्रजात्रा भदौ ९ गते लिंगो काटेर सुरु भइ २६ गते बेलुका १०:३० बजे समापन हुदैछ । यसका लागि आवस्यक सम्पुर्ण खर्च ब्यवस्थापन , जनशक्ति परिचालन र विभिन्न निकाय विच समन्वयको काम गूठी संस्थानले गरि रहेको छ । जात्राका लागि हनुमानढोका दरबार कार्यालय, काठमाडौ महानगर, नेपाली सेना देखि नेपाल विद्दुत प्राधिकरण समका निकायहरु सम्लग्न रह्न्छन ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत भदौ ९ गते  सूर्य विनायक नगरपालिकाको चितपोल वनबाट लिङ्गो
का लागो रुख काटेर सुरुभेको यस वर्षको जात्रामा १५ गते उक्त लिङ्गो
 लाई हनुमानढोका पुर्याउने काम सम्म्पन्न्न भएको छ । अब १९ गते ध्वजा पताका सहितको उक्त लिङ्गोलाई उठाएपछि राजधानीमा इन्द्रजात्राको मुख्य कार्यक्रमहरु सुरुहुन्छन ।तेसैगरि २१ गतेबाट २६ गते सम्म  कुमारी,गणेश र भैरब रथयात्रा भए पछि २६ गते राती १०:३० बजे इन्द्रध्वज पतन गरि जात्राको औपचारिक समापन गरिन्छ ।
जात्राअबधि भर आकाश भैरवको मूर्तिलाई खटमा राखी पुजा  गर्ने, महाकाली, एरावत नाचहरु, त्रलोक्य नारायण मन्दिरमा दशावतार नाटक देखाउने, दहचोकमा मेला भर्ने र स्वेतभैरबको मुखमा जडित नलिबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने जस्ता क्रियाकलाप हुन्छन् ।
यसका साथै इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन तथा पूजा गर्ने र  नेवार समुदायमा पाहुनापासालाई निम्ता गरि “समय बजि” (चिउरा , रागाको छोइलासहितको र कालो भट्मास सहितको परिकार)  खुवाउने काम हुन्छ।
हनुमानढोकाको गद्दी बैठकमा पुगि राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने परम्परा आन्तिम मल्ल राजा जयप्रकाश मल्लकै पालादेखि चल्दै आएको जानकारी पनि कार्यक्रममा दिइयो ।