अब बढीमा एक महिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्यारापीट र प्ःलड लाइट सहितको स्तरोन्नती कार्य अन्तर्गत पहिलो चरणको काम एक महिना भित्र सम्पन्न हुने भएको छ ।
सो कामका लागि सोमबार दिउँसो त्रिवि क्रिकेट मैदान पुगेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समतिको टोलीलाई रंगशाला निर्माणमा संलग्न पदाधिकारीहरले यो जानकारी गराएका हुन् ।
समितिका सभापति ठाकुर गैरेको नेतृत्वमा कीर्तिपुर पुगेको टोलीलाई शहरी विकास मन्त्रालय सचिव गोपाल प्रसाद सिग्देल तथा मन्त्रालयका तर्फबाट निर्माणको प्रत्यक्ष अनुगमन गरिरहेका सहसचिव चक्रवर्ती कण्ठ तथा निर्माण व्यवसायीहरुले कार्यप्रगति बारे जानकारी गराउनुभएको थियो ।
संसदीय टोलीलाई दिइएको जानकारी अनुसार पहिलो चरणका प्यारापीट र फ्ल्ड लाइटसमेत गरी दुवै तर्फ करिब ८० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिइएको थियो । “पहिलो चरणको निर्माण सकिए पछि १० हजार र दोस्रो चरणमा २५ हजार दर्शक अटने गरी सिट क्षमता विस्तार गरिने छ ” सिट ढलान तर्फ पहिलो चरणमा गर्नुपर्ने १२ मध्ये १० वटा ब्लकको ढलान भइसकेको छ ।

ढलान सम्पन्न भएका ठाउमा सिट हरु जडान गरिएको र अन्तिम चरणका १ हजार ७ सय सिट भारतबाट आउँदै गरेको जानकारी पनि निर्माण व्यवसायिहरुले दिए । रंगशालमा राती समेत खेल सञ्चालन गर्ने उद्देश्यले जडान हुन लागेका ६ वटा प्ःलड लाइटका लागि जमिनि मुनी गर्नुपर्ने सबै कार्य सम्पन्न भएको र भारतबाट तीन वटा स्ट्याण्ड ल्याइसकिएको जानकारी पनि सचिव सिग्देलले दिनुभयो । त्यसमा जडान हुने ४ सय २० वटा बत्ती युरोपबाट ल्याइदै गरेको जानकारी पनि संसदीय टोलीलाई गराइएको थियो । पहिलो र दोस्रो चरण गरी कुल ६ अर्ब रुपैया लागत अनुमान भएको जानकारी पनि .उहाँले दिनुभयो। दोसौ्र चरणमा विशिष्ट व्यक्ति र सञ्चारमाध्यमका अलग अलग ब्लकहरु रहने छन् ।

प्रथम चरणलाई सम्पन्न गरेर नेशसनल प्रिमियर लिगको दोस्रो संस्करण त्रिवि क्रिकेट मैदानमै खेलाउने लक्ष्य राखिएको छ ।
संसदीय टोलीलाई मैदानको जमिनको स्वामित्वरहेको त्रिभुवन विश्वविद्यालयका चासोहरुलाई पनि सम्बोधन गर्नुपर्ने जानकारी पनि संसदीइ टोलीलाई दिइयो । लिजमा जमिन लिई क्रिकेट मैदान सञ्चालन गर्न क्यान र विश्वविद्यालयबीचको भएको सम्झौता आगामी २०८३ वैशाखमा सकिने भएकोले त्रिवि र क्यान बिच छलफल गराउनु पर्ने जानकारी पनि सचिवि सिग्देलले संसदीय टोलीलाई दिनुभयो ।
संसदीय टोलीलाई खेलकुद मन्त्रालयका पदाधिकारीका साथै क्यानका सचिव पारस खड्का समेतले त्रिवि क्रिकेट मैदानमा स्वागत गर्नुभएको थियो ।

अनुगमन टोलीमा सभापति गैरका साथै तुलसा कुमारी दाहाल, दिलेन्द्र प्रसाद बढु, देवप्रसाद तिमिलसेना, प्रतिमा गौतम, प्रभु हजारा ब्ुद्धिमान तामाङ, मदन कुमारी शाह(गरिमा), मोहम्मद खालिद, लासप्रसाद साँवा लिम्बु, शान्ति विक, सन्तोष परियार, सरस्वति सुब्बा तथा हितराज पाण्डे हुनुहुन्थ्यो ।

अनुगमन पछि सञ्चारकर्मीलाई प्रतिकृया दिँदै समिति सभापति गैरेले प्रधानमन्त्री केपी शर्मा ओलले आफ्नो पदबहालीकै दिन उद्घोष भए अनुसार काम भइरहेको त्रिवि क्रिकेट रंगशालाबारे देशभर चासो रहेका बताउनुभयो । प्रतिकुल मौसमले पारेको कठिनाइ बाबजुद पनि निर्माण कार्य एक महिना भित्र अर्थात समयमै सम्पन्न हुने दिशा तर्फ अघि बढिरहेको पाइएको जानकारी दिनुभयो ।

क्यान सचिव एवं पुर्व राष्ट्रिय कप्तान पारश खड्काले त्रिवि क्रिकेट मैदानले धेरै खेलप्रेमीको सपना बोकेको बताउँदै दोस्रो चरणको एनपिएल त्रिवि मैदानमा फ्ल्ड लाइटमा खेल्ने लक्ष्य पुरा गर्न लागि परेको बताउनुभयो । यस सहित देशका विभिन्न भागका क्रिकेट मैदानका लागि पनि कार्य सुरु भएको बताउनुभयो ।