नुहाउँने क्रममा डुबेर हराएकाको शव सेनाले फेला पार्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली सेनाले रसुवा जिल्ला स्थित गोसाइकुण्ड गाउँपालिका वडा नं। ५ स्थित धार्मिकस्थल गोसाइकुण्डमा आइतबार नुहाउने क्रममा डुबेर हराएका दुई जनाको शव फोला पारेको छ ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार दुई व्यक्तिहरु नुहाँउन गएको तर हराएको खबर प्राप्त भएपछि ति व्यक्तिहरुको खोज तथा उद्धार कार्य सुरु भएको हो । खोज कार्यमा नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरेको जानकारी पनि निर्देशनालयले दिएको छ ।

यसरी ति व्यक्तिहरुको शव कुण्डबाट निकालिएको र दुबै शव नेपाल प्रहरीलाई बुझाउने क्रममा रहेको जानकारी पनि सेनाले दिएको छ ।