काठमाडौं :नेपाल विद्युत्त प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन गर्न एक दिनका लागि निकालेको तालिकालाई लोड सेडिङ हुन थाल्यो भन्नु सर्वथा अनुचित र भ्रामक रहेको जनाएको छ ।
प्राधिकरणले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार चनौलीमा विद्यु्त आपूर्ति गर्ने ३३ केभि प्रसारण लाइनमा अत्यधिक लोड परेका कारण समस्या सिर्जना भएकोृ र त्यसका लागि कार्य भइरहेको जानकारी समेत विज्ञप्तिमा दिइएको छ ।
विज्ञप्तिमा प्रकाशित समाचारहरुका भित्रि ब्यहोरामा नै प्राधिकरणकै जिम्मेवार पधादिकारीद्वारा यस अवस्थालाई ूलोडसेडिङ भन्न नमिल्नेू र बुधबार सम्ममा समस्या समाधान भइ सक्नेू कुरा उल्लेख भएको बिपरित शीर्षकमा लोडसेडिङ उल्लेखहुनु कुनैपनि हिसाबले न्यायोचित नभएको पनि उल्लेख छ । ।
लोढ सेडिङ नेपालका लागि इतिहास भएको भन्दै विज्ञप्तिमा अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको समेत उल्लेख गरिएको छ । उत्पन्न समस्या समाधान गर्न प्राधिकरणको टिम अहोरात्र खटिएको जानकारी समेत विज्ञप्तिमा दिइएको छ ।
प्रतिक्रिया