काठमाडौंः विगत १५ वर्षदेखि विवाह, ब्रतबन्ध जस्ता महत्वपूर्ण समारोहहरुमा शिपयुक्त फोटो तथा भिडियो ग्राफी सेवा दिँदै आएको सँस्था फोटो पसलले आफ्नो स्थापनाको १५ वर्ष पुगेको अवसरमा आफ्ना ग्राहकहरुलाई निःशुल्क फोटो खिचिदिने भएको छ ।
स्थापनाका कालदेखि हालसम्मको अवधिमा कुनै न कुनै बेला फोटो पसललाई फोटो वा भिडियो ग्राफी गराएका ग्राहकले यस्तो सुविधा पाउने छन् ।
यससम्बन्धमा फोटो पसलद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार १५ औं वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरु प्रति कृतज्ञता प्रकट गर्न यस्तो योजना अघि सारिएको हो । “वितेका १५ वर्षभित्र आफ्ना जीवनका महत्वपूर्ण क्षणहरुमा फोटो र भिडियोग्राफीका लागि फोटो पसललाई विश्वास गर्ने सबै ग्राहकहरुलाई कृतज्ञता स्वरुप एक पटकका लागि निशुल्क फोटोसुट गरिदिने छौं ”, विज्ञप्तिमा उल्लेख छ ।
निःशुल्क फोटोग्राफी योजना साउन ११ गते देखि सुरु भई भदौ १२ गते सम्म कायम रहने छ । यस अवधिमा ग्राहकले इन्डोर वा आउटडोर फोटो सेसन गराउन एक पटकका लागि बुकिङ्ग गर्न सक्ने छ । त्यस्तो निःशुल्क फोटोग्राफी कुनै पारिवारिक समारोह बाहेक परिवारको सामूहिक तस्विर, दम्पत्ति फोटो, बालबालिकाका फोटोहरु आदिको हुने जानकारी पनि विज्ञप्तिमार्फत दिइएको छ ।
फोटो पसल सार्वजनिक सञ्चार माध्यम लगायत विभिन्न क्षेत्रमा सिर्जनात्मक फोटो र भिडियो ग्राफी गरिरहेका सम्पूर्ण मानन्धर, वुद्धसिंह महर्जन र जीना राजकर्षिकारद्वारा स्थापित संस्था हो । जसमा केही समय पछि अर्का फोटोग्राफर मनोज श्रेष्ठ पनि सिर्जनात्मक अवधारणा सहित सामेल हुनुभएको थियो ।
यो सुरुमा अति सामान्य स्रोत साधनका साथ वैवाहिक समारोहका लागि दक्ष फोटोग्राफी सेवा दिनका लागि स्थापित फोटो पसलले छोटो समयमै विवाह, पास्नी र ब्रतबन्ध जस्ता व्यक्तिगत जीवन वा सँस्कृतिमा महत्वपूर्ण कार्यक्रमको गुणस्तरीय फोटोग्राफिका लागि समेत ख्याति कमाउन थालेको थियो ।
अहिलेसम्म १२ हजार जना भन्दा बढी ग्राहकलाई सेवा दिइ सकेको फोटोसपले आफ्नो सेवालाई देश बाहिर अमेरिकाकामा समेत विस्तार गरेको छ । “ आज संस्था व्यक्तिका जीवनकै महत्पूर्ण क्षणहरुलाई गुणस्तरीय एवं सृजनात्मक फोटोग्राफीमा संग्रहित गर्ने संस्थाका रुपमा स्थापित भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया