काठमाडौ :
नेपाल विधुत प्राधिकरणले गत मंगलबार विहान भोटेकोशी नदीमा आए को ठूलो बाढीका कारण लगभग २५० मेगा वाट विद्युत प्रणाली बाट बिच्छेद भएको जनाएको छ ।
बाढीले त्रिशूली करिडोरको रसुवागढी , त्रिशुलि 3A, देविघाट,त्रिशुलि लगायत निजी क्षेत्रको अपर मैलुङ टाडि का विद्दुत गृह हरुमा हानो पुर्याउदा यस्तो भएको भनाइ प्राधिकरणको छ । बाढिले सूवागढ़ी जलविद्युत आयोजनाको हेडवक्स पूर्ण रूपमा क्षति भएको समेत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढ्कालका अनुसार बाढिले चिलीमे जलविद्युत आयोजनाको टेलरेस बाट पानी पस्नुका साथै त्रिशूली ३ ए जलविद्युत आयोजनाको ड्याम साइटका को दुई वटा ढोकामा क्षति पूगेको छ ।
यसै गरि त्रिशूली ३ बी हब सबस्टेशन मा खोला ले धार परिवर्तन गरी सबस्टेशन भीत्र छीरेको र हालसम्म १३२ के. भी को किनार लगायत का संरचनामा क्षति पुर्याएको पनि ढकालले बताउनुभयो ।
बाढीले त्रिशूली करिडोरको रसुवागढी , त्रिशुलि 3A, देविघाट,त्रिशुलि लगायत निजी क्षेत्रको अपर मैलुङ टाडि गरि लगभग २५० मेगा वाट विद्युत प्रणाली बाट बिच्छेद भएको छ ।
2082 अषाढ २४ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रशारण निर्देशनालयका निमित्त उपकार्यकारि निर्देशक समेत रहेका राजन ढकाल सहितको उच्च स्तरीय प्राविधिक टोलिले निरक्षण अनुगमन गरेको थियो ।
प्रतिक्रिया