विना स्टन्टका हितेन्द्रदेव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : “यहाँ भएका कतिपय काममा मैले गजुर हाल्ने मौका मात्र पाएको हुँ । ति काम त निकै अघिदेखि सुरु भएका थिए ।”

नराम्रो जति अर्काले गरेको र राम्रो जति मैले भन्ने यो समयमा यसरी छक्कलाग्दो गरी सञ्चारकर्मी सामु प्रस्तुत हुने व्यक्ति हुनुहुन्छ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य ।  नियुक्त भए देखिनै आफू विरुद्ध खनिएका कुप्रचार र आशंकाको जवाफ बोलेर होइन प्राधिकरणको हितमा काम गरेर दिनुपर्छ भनिरहनु भएका शाक्य प्राधिकरणमा पहिले देखिनै चलिआएको सय दिनका उलब्धी सार्वजनिक गर्ने पत्रकार सम्मेलनका लागि पनि खासै तयार हुनुभएको थिएन ।

त्यसमाथी मंगलबार बिहानै देखि भोटेकोशीको अप्रत्यासित बाढीले रसुवागढी, चिलिमे हुँदै त्रिशुली बि सम्मका परियोजनाई नसोचेको क्षति पुर्याएपछि पत्रकार सम्मेलन स्थगित गर्नुपर्ला जस्तो छ भन्दै हुनुहन्थ्यो । सहकर्मीहरुले पत्रकारहरु बाढीबाट प्राध्यकरणलाई पुगेको क्षतिबारे समेत जानकारी खोजिरहेका हुन सक्छन् भन्दै कन्भिन्स गरेपछि बल्ल उहाँ तयार हुनुभएको थियो । त्यसैले पत्रकार सम्मेलनमा आफ्ना उपलब्धीको चर्चा गर्नु भन्दा अघि बाढीले पुगेको क्षति र गरिएका उपायबारे बोल्नुभयो ।


सय दिनका उपलब्धीलाई सकेसम्म छोटएर विना स्टन्ट र विना बाचाल भाव भंगीमा प्रस्तुत हुनु भएका उहाँले उपलब्धी, हुँदै गरेका र हुन नसकिरहका कुरालाई सञ्चारकर्मी सामु प्रस्तुत गर्नुभयो । त्यो प्रस्तुती पछि बाँिडएको लिखित प्रति भन्दा खासै भिन्न पनि थिएन । र्
आफू प्राधिकरणमा नियुक्त भएर आइसकेपछि बत्ती गयो की आफ्नो सत्तो सराप गरिने र सामाजिक सञ्जालमा त्यसको डडेलो सल्काउन तम्तयार भएर बसेको पंक्ति छ भन्ने उहाँलाई थाह नभएको होइन । तर आफ्नो उपलब्धीबारे भनिरहँदा बिजुली जाने गुनासोलाई सम्बोधन गर्न पहिलेको नो लाइटको ठाउँमा प्रदेशै पिच्छे कल सेन्टर स्थापना गराएर त्यसलाई प्रभावकारी बनाउन गरिएका काम भने उल्लेख गर्न छुटाउनु भयो ।

यि सय दिनमा वर्षामा खेर जाने र हिँउदमा नपुग्ने नेपाल जलस्रोतको विडम्बना विरुद्ध लड्न कुलेखानी सिस्नेरी १०० मेगावाट पम्प स्टोरेज र हुलिङटार(दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाब्यता अध्ययन सम्पन्‍न गरी सम्भाब्यताका लागि लाइसेन्स आवेदन गरिएको छ । ब्याट्री इनर्जी स्टोरेज प्रणालीको अध्ययन तथा निर्माण सहयोगका लागि पहल शुरु गरिएको छ अनी उत्तरगंगा जलविद्युत आयोजना र अपर अरुण जलविद्युत आयोजनाको लाइसेन्‍स प्रक्रिया अगाडी बढाइएको छ । त्यसबाहेक उत्कृष्ठ ग्राहकलाई पुरस्कृत गर्ने, ट्रंक र डेडिकेटेड लाइनको विवादलाई निकास दिने लगायतका काम पनि भएका छन् । देशका विभिन्न भागमा गरी सात वटा चार्जिङ स्टेशन, चार ठाउँमा प्रसारण लाइन सुधारका साथै प्राविधिक र प्रणालीगत समस्याका कारण झ्याप झयप बत्ती गइरहने समस्यालाई समाधान गर्न दर्जनौं सुधारहरु त्यसमा छन्। भारत र बंगलादेशलाई अभूतपुर्व रुपमा विद्युत्त निर्यात गरिएको छ ।

हेर्नहोस् .

हितेन्द्र शाक्यका सय दिनका उपलब्धी

सबै भन्दा महत्वपूर्ण काम चाहीँ प्रसारण लाइनका कारण जग्गा गुमाएका जनताको चित्त बुझाउने पहल हो । यसका लागि शाक्यले मार्गाधिकार  भित्र पर्ने जग्गाको कित्ताकाँट गर्ने त्यस्ता जग्गामा सोलार विद्युत तथा अन्य सामुहिक खेती प्रणाली विकाशको अवधारणा, जग्गा धनीहरुलाई विद्युत प्राधिकरणका आयोजनाहरुमा प्राथमिकताका साथ सेयर दिने लगायतका काम अघि बढाइर्एको छ ।