काठमाडौ :
नेपाल विद्युत प्राधिकरणका संचालक तथा उर्जा जलस्रोत तथा सिचाइ मन्त्रलायका सचिव सुरेश आचार्य , नेपल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सहितको टोलिले कोहलपुर देखि सुर्खेत सम्म निर्माण भइरहेको १३२ केभि प्रशारण लाइन आयोजनाको कार्य प्रगति निरिक्षण अनुगमन गर्नु भएको छ । कोहलपुर देखि सुर्खेत सम्म निर्माण भइरहेको उतm लाइनले सम्पुर्ण कर्णालीमा देखिएको विद्युतको समस्या समाधान हुने , उतm क्षेत्रमा अन्य साना जलविद्युत आयोजना निर्माणको लागि बाटो खोल्ने लगायत कणालीको विकाशको लागि महत्वपुर्ण योगदान गर्ने भएकोले सो लाइन नेपाल सरकार तथा विद्युत प्राधिकरणको उच्च प्राथमितका रहेको छ ।
लाइन निर्माणको क्रममा बाकेको बानीयाभार क्षेत्रमा ३ ओट पोल निर्माण तथा कण्डक्टर तान्न स्थानियबाट अवरोध आइ काम रोकिएको अवस्थामा उच्च मन्त्रालयका सचिव सहित उच्च अधिकारीले निरिक्षण गरेका हुन । अवरोध भएको स्थानमा के कसरी कार्य गर्ने सम्बन्धमा बाके जिल्लाका प्रमुख जिल्ला अधिकरी सहित बैठक तथा छलफल भएको थियो । सो बैठकमा प्रमुख जिल्ला अधिकारीले सारा कणाली बासीलाई गुणस्तरिय भरपर्दो विश्वसनिय विद्युत आपुर्ति गर्ने परियोजना यो या त्यो बहानमा रोकीन नहुने त्यसको लागि बास्तविक पिर मर्कामा परेको जग्गा धनिसंग छलफल बार्ता गर्न सकिने भएता पनि पिडितको नाममा विभिन्न सरोकारवाला वा अन्य गैर पिडित पक्ष संग कुनै छलफल परमार्श नहुने बरु विकाश निर्माणमा कार्यमा अवरोध पुराउने प्रति प्रशासन निर्ममता पुर्वक प्रस्तुत हुने बताउनु भयो ।
कोहलपुर देखि सुर्खेत सम्मनै स्थलगत निरिक्षण गरेको टोलीले विभिन्न स्थानमा निर्माण ब्यवसायीबाट भएको कार्यको गुणस्तर अनुगमन समेत गरेको थियो । सोही अवसरमा कर्णाली प्रदेसका मुख्य मन्त्रिलाई समेत भेट गरि सम्पुर्ण कणालीको विद्युतिकरणका लागि विद्युत प्राधिकरणले प्राथमिकता साथ कार्य गरेको जानकारी गराइएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्रीले प्रदेश तथा स्थानिय सरकारहरु विकाश निर्माणको कार्यमा हातेमाले तयार रहेको र प्राधिकरणले समेत विकाश निर्माणको कार्यमा अधिकतम छलफल र परमार्श गरि कार्य गर्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया