वत्ती गयो ?? ११५० मा फोन गर्नुहोस् !!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ;  मबत्ति गयो | अब कतिबेला आउछ ? के कारणले गएको रहेछ ? नेपाल विद्दुत प्राधिकरणको कल सेन्टर उपभोक्ताका यिनै प्रश्न उत्तर दिईरहेको छ ।
नजानेर व जानी जानी अर्कै नियतले बत्ति गएको बारे हल्ला जे सुकै चलिरहदा प्राधिकरणले देशका सातै प्रदेश र उपत्यका मा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरेको छ ।
कल सेन्टरमा काम गर्ने प्रक्रिया पनि सरल र छोटो बनाइएको छ । बत्ति गए पछि ग्राहकले सर्व प्रथम ११५० नम्बरमा डायल गर्नु पर्छ । त्यसपछि प्रणालीले ग्राहकलाई कुन प्रदेशका लागि गुनासो दर्ता गर्ने हो सोही प्रदेशको कोड नम्बर थिच्न अनुरोध गर्छ । यस्तो कोड कोशी प्रदेशको लागि १, मधेसका लागि २ काठमाडौ उपत्यकाका लागि ३, उपत्यका बाहेकका बागमति प्रदेशका लागि ४ गण्डकी प्रदेशका लागि ५ लुम्बिनीका लागि ६ कर्णालीका लागि ७ र सुदुरपश्चिमका लागि ८ मा थिच्नु पर्छ त्यसपछि ग्राहकले गरेको कल सम्बन्धित प्रदेशको कल सेन्टरका कर्मचारीले उठाउछन् । ग्राहकले कल सेन्टरका कर्मचारीलाई आफ्नो समस्या वा गुनासो बताएपछि सेन्टरबाट सम्बन्धित शाखामा सम्पर्क गरि आपूर्तिमा परेको समस्या र समाधान हुन लाग्ने अनुमानित समय समेत ग्राहक लाई बताइन्छ । यसरि

११५० मा कल गर्ने उपभोक्ताले बत्ति जानुको कारण र लाइन पुन: सञ्चालन हुनका लागि लाग्ने सम्भावित समय बारे तथ्यपूर्ण र आधिकारिक जानकारी पाउछन् । साथै लाइन पुन: सञ्चालन नहुँदा सम्मको समय व्यवस्थापन गर्ने अवसर पनि ग्राहकलाई हुन्छ ।
यो सेवा २४ घन्टा चालू हुन्छ । आठ मध्येका कुनै पनि कल सेन्टरमा कुनै कारणले फोन लागेन वा त्यहाँ बाट समस्या समाधान भएन भने ० सून्यमा डायल गरिगुनासो टिपाउन पाइन्छ । यो सेवा भने शनिबार बाहेक साताको ६ दिन चलाइएको छ ।

त्यसो त बिजुली गएको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्न विगतमा पनि “नोलाइट ” सेवा चलाएको थियो प्राधिकरणले । तर त्यो बेला बत्ति गए पछि एकै पटक धेरै उपभोक्ताले फोन गर्दा धेरैको फोन नलाग्ने हुन्थ्यो । परिणाम स्वरुप उपभोक्ताले ” नोलाइटमा कल गरे पनि काम लाग्दैन”, भनिरहेका हुन्थे । त्यति मात्र होइन उपभोक्ताको गुनासो आएपछि बत्ती जानुको कारण र बिग्रेको स्थान समेत पहिल्याउन समेत निकैबेर लाग्ने अवस्था थियो ।
“त्यस्ता सबै समस्याको समाधान मात्र होइन भविष्यमा ग्राहकले सोध्नु पहिले नै बिजुली आपूर्ति सम्बन्धि सुचना उनीहरुको मोबाइल र इमेलमा पठाइ सक्ने गरि ब्य्वस्थापन गर्दै छौं” प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका निर्देशक टेकनाथ तिवारी बताउनु हुन्छ ।
प्राधिकरण अहिले आठै कल सेन्टरलाई स्रोत साधन सम्पन्न र प्रभावकारी बनाउने तरखरमा जुटेको छ । रत्नपार्क र बालजु लगायतका केही फीडरका ग्राहकको घरमा स्मार्ट मिटर जडान भएकाले कल सेन्टरले दिने सेवा थप चुस्त र छिटो हुनेछ ।
तिवारीका अनुसार ग्राहकको विवरणलाई फिडर समेत प्रष्ट हुनेर उसको मोबाइल ईमेल आदि विवरण समेत खुल्ने
गरि अध्यावधिक गरिने छ । “त्यस पछि बत्ति आपूर्ति रोकिन सक्ने वा कुनै पनि समस्या पर्दा सम्वद्द्द फिडरका ग्राहकलाई एकमुष्ट सूचना दिन सक्ने अवस्थामा हामी पुग्छौं ” , उहाँको भनाइ छ ।
अहिले प्राधिकरणका माथी सर्वाधिक उठाइने प्रश्न “बत्ति किन घरी घरी गैइ रहन्छ” भन्ने नै हो । त्यो प्रश्नको जवाफ प्राधिकरणसङ्ग नखोजेर आआफ्नो हिसाबले अनुमान र शंका गरि “कतै लोड सेडिङ त हुनलागेको त होइन ?” समेत भनिने गरिएको निर्देशक तिवारी बताउनु हुन्छ । “हामीसङ्ग माग भन्दा भन्दा कम बिजुली भएको बेला हो लोडसेडिङ गर्नुपर्ने । तर देशभित्रको उत्पादन आन्तरिक माग धान्ने मात्र नभै भारत र बङ्ग्लादेशमा समेत निर्यात भइरहेको बेला लोडसेडिङ हुने कुरै आउँदैन “, उहाँले थप्नु भयो ।

विजुली आपूर्तिबारेको कुनै पनि प्रश्नको आधिकारिक जवाफ दिनुका साथै तत्काल समस्या समाधान गर्न सूचना प्रविधिका अत्याधुनिक प्रणालीलाई समेत प्रयोग गर्ने सोचाइ प्राधिकरणको रहेको निर्देशक तिवारी बताउनु हुन्छ ।