काठमाडौ : नेपाली सेनाले कंचनजङ्गा हिमालको सफल आरोहण गर्ने टोलीलाई सम्मान गरेको छ ।
सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ती अनुसार नेपाल भारत संयुक्त टोलिबाट यहि जेठ ५ र ६ गते उक्त हिमालको सफल आरोहण गरेका थिए। टोलिमा सेनाका अधिकृत पदिक र अन्य दर्जा गरि १० जनाको सहभागिता थियो ।
कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले आरोहण टोलि सदस्यहरु तथा व्यवस्थापनमा सहभागी पाँच जना समेत गरी १५ जनालाई प्रधानसेनापती प्रसंशा निशानबाट शुशोभित गर्नु भएको थियो।
प्रतिक्रिया