जेठभरिमा सक्ने लक्ष्य
कीर्तिपुर(काठमाडौ ):
त्रिभुवन विश्वविद्यालय क्रीकेट रंगशालाको प्यारापिट ढलान मंगलबार देखि सुरु भएको छ ।
रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यक्रम अन्तरगत पहिलो चरणमा पश्चिमी र पुर्वी भाग तर्फ गरि कुल १० हजार जना दर्शक अट्ने गरि प्यारापिट बनाउन लागिएको हो । “पहिलो चरणमा निर्माण गर्नु पर्ने प्यारापिटलाई १२ भागमा बाडिएको छ । त्यस मध्ये आज पहिलो भागको ढलान भएको हो । उक्त ढलान माथी अब सिट जडान गरिने जानकारी परियोजनाको समग्र निरिक्ष्ण गरिरहनु भएका शहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले राससलाई बताउनु भयो । हेर्नुहोस् भिडियो
प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कन्क्रीट माथी उच्चस्तरको फ्लोर हार्डनर प्रयोग गरिएको छ । रंगशालाको कन्कृट सतह अत्याधिक घोटिने भएकोले यसको प्रयोग गरिएको उहाँको भनाइ थियो ।
रंगशालाको भुबनोट अनुसार प्यारापिट पश्चिमी र दक्षिणी भागको जमिन मैदान भन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पिसिसी गरि ढ्लान गरिएको छ । पुर्वी भागको जमिन भने मैदान सरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ । सबै कार्य जेठ महिनाको अन्त्य सम्म सम्पन्न गर्ने
लक्ष्य राखिएको जानकारी पनि उहाँले दिनुभयो ।
प्यारापिट बाहेक रातिको समयमा खेल संचालन गर्न ८ वटा फ्लड लाइट समेत जडान हुँदै छ । यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुग्नु भएका शहरी विकास सचिव गोपाल प्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया