काठमाडौ :आराध्य रन्जितकार कलम, कागज वा क्यालकुलेटर विना मनमनै हिसाब गर्ने गणितीय कला (युसिमास) प्रतियोगिताको च्याम्पियन अफ द च्याम्पियन घोषित भएका छन् । राजधानीको काजिरोवा स्कुलमा कक्षा ७ मा अध्ययनरत रन्जितकार १२ वर्षको हुनुहुन्छ । हेर्नुहोस् भिडियो ….
राजधानीमा शनिबार सम्पन्न उक्त प्रतियोगितामा देशभरका विभिन्न क्षेत्रबाट करिब ५ सय विद्यार्थि बीचको प्रतिस्पर्धा गर्दै उहाँले सो उपाधी पाउनु भएको हो ।
विश्वव्यापी रूपमा मान्यता प्राप्त युसिमास कार्यक्रम अन्तर्गत तालिम प्राप्त बालबालिकाहरूको अद्वितीय मानसिक गणित क्षमतालाई कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा युसिमास अन्तर्राष्ट्रिय मुख्यालय मलेसियाका प्रमुख अलेक्सन वोंगले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै बालबालिकाहरूको संज्ञानात्मक विकासमा युसिमास कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
प्रतियोगितापछि एक पुरस्कार वितरण समारोहको आयोजना गरियो, जसमा विजयी विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो। सबै सहभागीहरूलाई सम्मान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई हजारौँ रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा युसिमास नेपालका अध्यक्ष डा. स्नेहल कारियाले आफ्ना अबाकसआधारित सिकाइको अग्रणी अभ्यास भएको र जसलाई एम आइटी, हार्भर्ड, स्ट्यानफोर्ड, र युनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगो जस्ता विश्वविद्यालयका प्रोफेसरहरूले वैज्ञानिक रूपमा अनुसन्धान गरी प्रमाणित गरेको बताउनु भयो ।
युसिमास नेपालकी राष्ट्रिय प्रमुख, पल्लवी श्रेष्ठले युसिमास नेपालले मानसिक गणित, ध्यान, आत्मविश्वास र संज्ञानात्मक सीप विकास गर्न प्रति गरेको निरन्तर प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताउनु भयो।
प्रतिक्रिया