काठमाडौ : लोडसेडिङ हुने आधारहीन हल्ला चलिरहेकै बेला नेपाल विद्दुत प्राधिकरणले वर्षातमा बढि उत्पादन भइ नेपाल भित्र खपत हुन नसक्ने बिजुली भारत तर्फ निर्यात गर्न थालेको छ ।
शनिबार राति १२ बजेदेखि सुरु गरिएको निर्यात अन्तर्गत शनिबार २०० मेगावाट, आइतवार १५० मेगावाट र सोमवार १७० मेगावाट/ आवर सम्मको बिजुली भारत पठाइएको प्राधिकरणले जनाएको छ।
नेपाल विद्दुत प्राधिकरणका अनुसार
राति र बिहानको समयमा आन्तरिक खपत कम हुने भएकाले सो समयमा भारतमा निर्यात गर्न थालिएको हो। पछिल्ला दिनमा वर्षाका कारण जलस्रोतमा बहाव बढ्दा त्रिशूली, कालीगण्डकी, मादीजस्ता नदीहरूमा सञ्चालित आयोजनाहरूको उत्पादन फेरि बढेको छ।
प्राधिकरणको भार सम्प्रेषण केन्द्रकि निदेॅशक रन्जु पाण्डेका अनुसार शनिबारदेखि हिजो राती १२ बजे सम्ममा नेपालले ४ हजार ३ सय ३३ मेगावाट/आवर विजुली भारतलाई बेचेको छ । सो विजुली ढल्केवर मुज्ज्फरपुर ४०० केभि प्रसारण लाइन मार्फत भारत पठाइएको हो ।
गत वर्षभन्दा १० दिन अघि बाटै निर्यात
नेपालमा हिउँदको तुलनामा वर्षायाममा बढि बिजुली उत्पादन हुने गरेको छ । खास गरि जेठ महिनाको मध्य देखि उत्पादन क्रमशः बढ्न थाल्छ । गत वर्ष जेठ १३ गतेबाट निर्यात सुरु गरिएकोमा यस वर्ष भने जेठ ३ गते बाटै निर्यात सुरु गरिएको छ ।
गत वर्ष साउनमा एकै दिन १८०० देखि २१०००मेगावाट/आवर विजुली पठाएकोमा य वर्ष छिटै पानी पर्न थालेकोले त्यो भन्दा बढी निर्यात गर्न सकिनेमा प्राधिकरणका अधिकारीहरु ढुक्क देखिन्छन् ।
प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारका अनुसार वर्षायाम मा नेपालको कुल विद्दुत उत्पादन ३५ सय १२ मेगावाटसम्म पुग्ने गरेको छ । तेति नै बेला देश भित्रको विद्दुत माग भने २हजार मात्रै छ । “यो वर्षामा हामिले सकेसम्म बढी बिजुली बेच्ने हो, नत्र खपत हुन नसकेको बिजुली खेरै जान्छ” , प्रवक्ता शिल्पकारले भन्नुभयो । नेपाल र भारतबीच पावर एक्चेन्ज
नेपाल र भारत बिच पावर एक्शचेन्ज, रियल टाइम र मार्केट रेटसमेत गरि तीन थरी दरका आधारमा विजुली खरिद बिक्रि हुने गरेको छ ।
कुन दरमा किन बेच गर्ने भन्ने कुरा भने तत्कालको माग र उत्पादनको स्थितिमा भर पर्ने प्रवक्ता शिल्पकार बताउनुहुन्छ ।
एक समयमा नेपालले निर्यात गरिरहदा अर्को समयमा भारत बाटै आयात गर्नु पर्ने अवस्थामा नेपाल छ । अहिले पन साँझको समयमा आन्तरिक खपत उच्च हुने भएकाले दिउँसो र साँझ आयात रोकिएको छैन।
यसबीच, नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा पनि बिजुली निर्यातको तयारी थालेको छ। गत वर्ष असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार आगामी जुन १५ देखि नेपालले बंगलादेशलाई दैनिक ४० मेगावाट विद्युत् बेच्ने तयारी गरिरहेको छ।
प्रतिक्रिया