नारायणी किनारमा देशभरका युवा उद्यमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कीर्तिपुर : नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा संम्भावनाहरु पहिल्याउन आगामी चैत ७ देखि १८ गते सम्म जेसिआइ नेपाल बिजनेश एक्सपो २०२५ आयोजना गर्ने भएको छ ।

एक्पोमा जेसिसको देशभर रहेका एक सय ४८ शाखामा आवद्ध उद्यमीहरुले दुई सय ५० भन्दा बढीको स्टलहरु मार्फत आफ्नो स्थानीय रैथाने उत्पादन, औद्योगिक सम्भावना, नवप्रवर्तन तथा अन्य प्रकारका उद्यम प्रर्दशन गर्नेछन् ।
यसबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले मेलाले एक स्थानका उद्यमीहरुलाई अर्को स्थानका उद्यमीसँग अनुभव साटासाट गर्न, उद्यममा आइपर्ने समस्या निवारण गर्न तथा नयाँ सम्भावना पहिल्याउने अवसर दिने बताउनुभयो ।

मेलाबाट उद्यमीहरुमा आत्मविश्वास भर्न तथा संभावनाहरु पहिल्याउन छ वटा अलग अलग विषयमा सम्मेलन गरिने जानकारी पनि सापकोटाले दिनुभयो । ति विषयमाहरुमा पर्यटन व्यवसाय सम्मेलन, शैक्षिक व्यवसाय सम्मेलन, युवा सशत्तःीकरण, वित्तीय तथा लगानी सम्मेलन तथा स्वास्थ्य सम्मेलन हरु आयोजन गरिनेछन् ।

एक्सपो अवधिभर खुल्ला साँस्कृतिक तथा खेलकुद प्रतियोगिता गराइने जानकारी पनि कार्यक्रममा दिइयो । यस्तै युवा उद्यमीलाई पर्यटन लगायतका उद्यम क्षेत्रमा अघि बढन मद्दत गर्ने गरी तालिम समेत दिइने छ ।

पत्रकार सम्मेलनमा नेपाल जेसिसकी राष्ट्रिय अध्यक्ष रजनी थापाले युवाहरुलाई विदेश पलायन भन्दा स्वदेशमै व्यवस्थित ढंगले उद्यम गरे अनन्त सम्भावना छ भन्ने कुरा बुझाउनका लागि पनि एक्सपोको आयोजना गरिएको बताउनुभयो ।