“जहाँसुकैका आचार्य हुन् ; संकटमा सहजै सम्पर्क गरुन्”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन : आचार्य बन्धु समाज नेपाल चितवनको सभापतिमा शंकर प्रसाद आचार्य पुन:निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न जिल्ला   अधिवेशनबाट श्री आचार्य सभापतिमा निर्बाचित हुनुभएको हो ।
अधिवेशनले उपाध्यक्षमा रमेश आचार्य, सचिवमा गोविन्द आचार्य तथा कोषाध्यक्षमा रामचन्द्र आचार्यलाई  निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरुमा रेशमलाल आचार्य, मायाँनाथ आचार्य, गंगा प्रसाद आचार्य, प्रतिमा पाण्डे आचार्य, गोविन्द्र प्रसाद आचार्य (कालीका), डिल्लीराम आचार्य, सिता आचार्य(भरतपुर), भोजराज आचार्य, पार्वती आचार्य, पवित्रा आचार्य सहित कुल १५ सदस्यीय समिति चयन गरेको छ

अधिवेशनले कमल प्रसाद आचार्य (कालीका)केन्द्रीय प्रतिनिधि समेत  चयन गरेको छ ।

पूर्व न्यायधीश इश्वरराज आचार्यको संयोजकत्वमा सदस्यद्वय माधव प्रसाद आचार्य र चिरञ्जीवी आचार्य सदस्य रहेको तीन सदस्यीय समितिले निर्वाचन मार्फत उक्त समिति चयन गरेको थियो ।
अधिवेशनमा कौण्डिन्य गोत्रीय महासमाजका केन्द्रीय अध्यक्षसमेत रहनुभएका आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले आचार्य आजको समयमा एकता र आबश्यकताको अत्यन्तै खाँचो भएको र उक्त कार्य धेरै नै अगाडी बढिसकेको बताउनुभयो । आफू मानवताका लागि काम गर्ने भएपनि आफूलाई आचार्य परिवार महत्वपूर्ण हुने र परिवारलाई सबैले सम्झनुपर्ने भन्दै आफूलाई काठमाडौं आएका बेला चितवनबासी आचार्यले सम्पर्क गरेर सुझाव, सललाह दिए झर्को नलाग्ने भन्दै आफ्नो फोन  नम्बरसमेत सार्वजनिक  गर्नुभएको थियो ।

समाजका चितवन जिल्ला अध्यक्ष शंकर प्रसाद आचार्यले चितवन र वरपरका कौण्डिन्य गोत्रीय आचार्यहरुलाई समेटेर बंशावली प्रकाशन गरिएको भन्दै आफूहरुले हरसम्भव समेट्ने प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा शाहित्यकार उदय अधिकारी, शिक्षाविद रमाकान्त साप्कोटा, न्यौपाने समाजका अध्यक्ष रामहरी न्यौपाने, साप्कोटा कल्याण समाजका सचिव बिष्णु साप्कोटा, आचार्य समाजका धादिङ अध्यक्ष केशव आचार्य, पूर्ण न्यायधीश इश्वर आचार्य, कल्पना साप्कोटा (काफ्ले)लगायत बिशिष्ट ब्यक्तीहरुले आचार्य समाजको गतिबिधि र आगामी भूमिकाका बिषयमा आ–आफ्ना विचार व्यक्त गर्नु भएको थियो। कौण्डिन्य गोत्रीय आचार्य वंशावलीको  विमोचन समेत  गरिएको थियो।