उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट रंगशालाको दर्शकदीर्घा निर्माण तथा फ्लड लाइट जडानको कार्यलाई निर्धारित समय भित्रै सकेर उदाहरण प्रस्तुत गर्न सम्बद्ध निर्माण व्यवसायीहरुलाई आगह गर्नुभएको छ ।
“ यो प्रधानमन्त्रीज्यु सहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिंगो देशका क्रिकेट प्रेमीहरुले चासो दिएको कार्य हो । त्यसैले देशमा विकास निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्”, मन्त्री सिंहले भन्नुभयो ।
क्रिकेट मैदानमा उपप्रधामन्त्री सिंहसँगै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले समेत निर्माण कार्यक्रमको निरीक्षण गरी कामलाई समयमै सम्पन्न गर्न आवश्यक निर्देशन दिनुभयो ।
गते असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट गरिएको पहिलो निर्णयका रूपमा “कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने” । यसका लागि हालको भन्दा सुविधासम्पन्न दर्शकदीर्घा (प्यारापिट) र फ्लडलाइट दुवै निर्माण गर्ने निणर्य भएको थियो । यो कार्य सपन्न गर्नका लागि आगामीे वैशाख २४ गतेको समयसीमा छ ।
दर्शकदीर्घा निर्माणका लागि निम्ति फागुन १९ गते ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि काम थालियो । ठेक्का अनुसार प्यारापिट निमार्णको जिम्मा तीन कम्पनीले संयुक्त रूपमा पाएका हुन् । ती तीन कम्पनीमा बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्स रहेका छन् ।
यस्तै, फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको छ । फ्लडलाइट निर्माणका निम्ति फागुन २२ गते मन्त्रालयले विसान ईश्वरीसँग सम्झौता गरेको थियो । फागुन २३ देखि काम थालिएको थियो ।
पदाधिकारीहरु
प्रतिक्रिया