स्थानीय र आम चुनावको सिको गर्दै क्याम्पसमा हुने स्ववियु चुनावमा पनि स्वतन्त्र उम्मेदवार देखिन थालेका छन् ।
सोमबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा निवर्तमान स्ववियु सह–सचिव दिनेश कार्कीले स्वतन्त्रबाट स्ववियु सभापतिको उम्मेदवार घोषणा गर्नुभएको छ । विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको वृद्धि विकास र हकहितको लागि लड्ने उदघोष सहित कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको हो। कार्की विगत १० वर्षदेखि विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, व्यक्तित्ब विकास, शैक्षिक सुधार, क्याम्पस विश्वविद्यालय दलीय भागबन्डाको अन्त्य, समयमा प्रवेश परीक्षा पात्रो र परिणामका लागि संर्घष गर्दै आइरहनु भएको छ ।
कार्की विगतको स्ववियू निर्वाचनमा स्वतन्त्रबाट स्ववियु सह–सचिवमा निर्वाचित हुनुभएको थियो ।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने उनी आफ्नो पूर्ण समय विद्यार्थीहरूको हक हितका लागि, व्यक्तित्व विकास, नेतृत्व विकास, विभिन्न किसिमका शैक्षिक सुधार अभियानमा, क्याम्पस विश्वविद्यालयको विकृति विसंगतिको विरूद्दमा लड्दै आइरहनु भएको छ । उहाँ केन्द्रीय क्याम्पसमा मात्र नभएर देशका अन्य क्याम्पस विश्वविद्यालयहरूमा विद्यार्थीहरूको विकासका लागि पनि उतिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।
प्रतिक्रिया