काठमाडौं
त्रिभुवन विश्वविद्यालयले भारतको उडिसा राज्यको भुवनेश्वर स्थित केआइआइटी मा र्सिजना भएको समस्याका कारण स्वदेश फर्किन बाध्य नेपाली विद्यार्थीले त्रिविमा क्रेडिट ट्रान्सफर गर्न सक्ने जनाएको छ ।
विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयले आज यससम्बन्धी सूचना जारी गरी त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा विश्वविद्यालयको क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने उल्लेख गरेको हो ।
यसका लागि शिक्षाध्यक्षको कार्यालय वा शिक्षाध्यक्षलाई इमेलमार्फत सम्पर्क गर्न सक्ने पनि सुचनामा जनाइएको छ ।
केही दिन अघि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विषम परिस्थिति बनेपछि अधिकांश नेपाली विद्यार्थी स्वदेश फिर्ता भएका थिए ।
प्रतिक्रिया