अर्थमन्त्री पौडेल नियमित काममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, फागुन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किनु भएको छ ।
मन्त्रीको स्वकीय सचिवालयले आज यसबारे सार्वजनिक गरेको जानकारी अनुसार  जलनबाट घाइते अर्थमन्त्रीले हिजोसम्म अत्यावश्यक काम भने निवासबाट गर्दै आउनु भएको थिय ।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उहाँ घाइते हुनु भएको थियो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज हुनु भएको थियो । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आउनु भएको थिय ।