“जलनको उपचार प्रभावकारी बनाउन छिटै छलफल थाल्छु”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

कीर्तिपुर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कीर्तिपुर बर्न अस्पतालको क्षमता अभिवृद्धि गर्न र देशमा जलन सम्बन्धी उपचारलाई प्रभावकारी सम्बद्ध पक्षबिच छलफल गरिने बताउनुभएको छ ।
गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर आगलागी हुँदा घाइतेभएका उपप्रधानमन्त्री पौडेलले सोमबार अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका पदाधिकारीलाई यस्तो जानकारी दिनुभएको हो ।
डिस्चार्जपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सा टोलीप्रति आभार प्रकटसमेत गर्नुभएको थियो । “मन्त्री ज्यूले आफू पूर्ण स्वस्थ्य भएपछि जलनको उपचार देशमै प्रभावकारी हुने अवस्था बनाउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने भन्नुनुभएको छ,”, मन्त्री पौडेललाई उधृत गर्दै डा. नकर्मीले बताउनुभयो । घाउहरु सामान्य हुँदै जान थालेपटि कीर्तिपुुरस्थित बर्न अस्पतालबाट आज अपरान्ह डिस्चार्ज हुनुभएको थियो । त्यसअधि उहाँ दुई दिनसम्म अस्पतालको सघन उपचार कक्षमा उपचाररत हुनुहुन्थ्योे ।
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार उपप्रधानमन्त्री पौडेलको घाउ निको हुँदै गएको र श्वास प्रश्वास प्रणालीका अंगहरु र फोक्सोमा समेत कुनै खराबी नदेखिएकाले मन्त्री पौडेललाई डिस्चार्ज गर्ने निर्णय गरिएको होे । “छालाका घाउहरु पनि निको हुने क्रममा छन् । त्यसका लागि एक दुई साता लाग्छ, जसबीच उहाँको घाउहरुको नियमित ड्रेसिङ गर्नुपर्ने हुन्छ”, डा नकर्मीको भनाई थियो ।
सोही घटनामा जलनमा पर्नु भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने जानकारी पनि उहाँले दिनुभयो । “उहाँको पनि जलनसम्बन्धी घाउ र त्यससम्बन्धी जटिलता देखिएको छैन ।    यो पनि हेर्नुहोस् : राष्ट्रपतिदेखि मेयरसम्म