कीर्तिपुर : कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचाररत उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाइ भेट्न शनिबार प्राय सबै दलका शीर्षस्थ नेताहरू पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहान १० बजे नै कीर्तिपुर अस्पताल पुग्नुभएको थियो । त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पुग्नु भएको थियो ।त्यस लगत्तै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पतालमा पुग्नु भएको थियो ।
अपरान्ह तिर अस्पतालमा प्रधानमन्त्री आउने चर्चा चलिरहेकै बेला नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि र बालकृष्ण खाड पनि अस्पताल पुग्नु भएको थियो । त्यस पछि नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा त्यहाँ पुग्नु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिनिधि सभामा साम्सदहरू सङ्ग प्रश्नोत्तर सकेर साझ ५ बजे त्यहाँ पुग्नु भएको थियो । पत्नी राधिका शाक्य सङगै त्यहाँ पुग्नुभएका ओली संगै नेता वामदेव गौतम आफ्नी पत्नी तुलसा गौतम सङै त्यहाँ पुग्नुभएको थियो ।
प्रतिक्रिया