पौडेल र आचार्यलाई भेट्न् पुगे शीर्ष नेताहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(काठमाडौ :
  प्रधानमन्त्री  केपी शर्मा ओलीले   आइतबार अपरान्ह  किर्तिपुर वर्न अस्पतालमा पुगि त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पाैडेल र पाेखरा महानगरपालिकाका प्रमुख  धनराज आचार्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे  छ ।
  प्रम ओली   शनिबार पोखरामा भएको आग्लागीमा परेका मन्त्री पाैडेल र पाेखरा  प्रमुख   आचार्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिन पत्नी राधिका शाक्य सहित अस्पताल पुग्नु भएको  हो ।
यसैगरी पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा र माधव कुमार नेपाललगाएतक नेताले भेट्न भएको थियो ।
 प्रमलाइ  अस्पतालका निर्देशक डा.किरणकिशाेर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पाैडेल र मेयर आचार्यकाे स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराउनुभएकाे थियोे ।
सघन उपचार कक्ष बाट फर्के पछि सञ्चारकर्मीसङ्ग कुरा गर्दै मन्त्री गुरुङले दुबैको स्वास्थ्य अवस्था सामन्यतर्फ उन्न्मुख जानकारी आफुहरु चिकित्सकले गराएको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री पाैडेल र मेयर आचार्य पाेखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगाे लागेर घाइते भई साे अस्पतालकाे सघन उपचार कक्षमा  शनिबार  भर्ना हुनुभएको थियोे ।