काठमाडौ : राष्ट्रपति रामचन्द्र पाैडेलले आइतबार किर्तिपुर वर्न अस्पतालमा पुगि त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पाैडेलकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे छ ।

राष्ट्रपति पाैडेल बिहान साे अस्पताल पुगेर शनिबार पोखरामा भएको आग्लागीमा परेका मन्त्री पाैडेल र पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे थियो ।
राष्ट्रपति पाैडेललाई स्वास्थ्यमन्त्री प्रदीप पाैडेल, सचिव डा राेशन पाेखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक डा.किरणकिशाेर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पाैडेल र मेयर आचार्यकाे स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराउनुभएकाे थियोे ।
डा. नकर्मीले मन्त्री पौडेल र आचार्य दुबैको अवस्था सामान्य हुँदै गएपनि अझै निगरानीमा नै राखिरहनु आवश्यक भएको बताउनु भएको थियो ।कीर्तिपुर अस्पतालले उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गरी देशका सबै जिल्ला र भारतबाट समेत आउने बिरामि को उपचार गरिएको पनि उहाँ ले बताउनु भयो । देशमा जलनको उपचारका लागि अत्याधुनिक प्रविधि सहितका थप ब्य्वस्था गरिनु पर्ने देखिएको पनि उहाले बताउनु भयो ।
उपप्रधानमन्त्री पाैडेल र मेयर आचार्य पाेखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगाे लागेर घाइते भई साे अस्पतालकाे सघन उपचार कक्षमा शनिबार भर्ना हुनुभएको थियोे ।
Sent from Outlook for Android
प्रतिक्रिया