जनयुद्धका सुरुवाती समाचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२०५२ साल फागुन १ गते नेकपा माअ‍ोवादीले सुरु गरेको सशस्त्र विद्रोह सुरु गरेको पर्सिपल्ट मात्र अर्थात ३ गते मात्र त्यतिबेलाका दैनिक पत्रपत्रिकाहरुमा समाचार आइपुगेको थियो । Emage सो समाचारलाई कान्तिपुर दैनिकले मुख्य समाचारको रूपमा पहिलो पेजमै चार कोलमको स्थान दिएर छापेको थियो। रोल्पा, रुकुम र सिन्धुलीका प्रहरी चौकी तोडफोड शीर्षकमा समाचार बनाएको थियो ।

त्यसदिनका माओवादी आक्रमणहरु मध्ये रोल्पाको सखी गाविस स्थित होलेरी प्रहरी चौकी आक्रमणमा सम्लग्न माओवादी नेता गणेशमान पुनका अनुसार जनयुद्धको सुरुवाती उद्घोषका रूपमा गरिएका उक्त आक्रमणहरू पार्टी कार्यकर्ताको कमजोर उपस्थिति रहेको स्थानमा गरिएको थियो । अर्थात् सशस्त्र आकक्रमण पछि आप्ःनो कार्यकर्ता र समर्थक रहेको स्थानमा सरकारले जवाफी कारबाही गरेमा क्षति हुन जाने आँकलन गरी आफ्ना समर्थक कम भएको ठाउँ (जसलाई माओवादीले श्वेत इलाका भन्ने गरेको थियो) छानेर आक्रमणको योजना बनाइएको थियो । पहिले धेरै दिन राजनीतिक र पछि फौजी प्रशिक्षण दिएर आक्रमण तयारी गरिएको थियो । सुरुमा माओवादीले लिएको रणनीति (हान र भाग अन्तर्गत आक्रमण गर्ने र पछि सुरक्षित रुपमा आफ्नो गन्तव्य तर्फ फर्किने) अन्तर्गत ति आक्रमण गरिएको पनि पुन बताउनुहुन्छ ।
फागुन १ गते भएको ति आक्रमणको समाचार सुरक्षा निकायको स्रोतलाई उधृत गर्दै राष्ट्रिय सञ्चार माध्यमका स्थानीय संवाददाताहरुले पठाएका थिए । जसअन्तर्गत रोल्पाको सखी गाउँविकास समिति स्थित मात्र ६ जना प्रहरी तैनाथभएको होलेरी प्रहरी चौकी आक्रमण गर्ने माओवादी लडाकु र प्रहरी बीच डेढ घन्टा गोली हानाहान भएको रुकुमको आठविस कोटस्थित प्रहरी चौकी र गाविस अध्यक्ष लोकेन्द्र बटालाको पसल लुटिएको, सिन्धुली गढीको प्रहरी चौकी नियन्त्रणमा लिएर प्रहरीलाई बाँधिएको र गोरखामा समेत कृषि विकास बैंक अन्तर्गतको साना किसान आयोजनाको कार्यालय जलाइएको समाचारमा उल्लेख छ । समाचारमा आक्रमणकारीको पुरै परिचय दिनुको साटो आक्रमण गर्न आएका व्यक्तिहरूले माओवाद जिन्दावाद भन्ने नारा लगाएका थिए, भनिएको छ ।
कान्तिपुर प्रकाशनकै अंग्रेजी दैनिक द काठमाडौं पोष्टमा भने आक्रमणको नभइ आक्रमण पछि सिन्धुली लगायतकाम क्षेत्रमा प्रहरीले गरेको घरपडलाई भिन्नै एंगलको समाचार छापिएको छ । त्यसमा प्रहरीले आक्रमणमा संलग्न भएको आरोप लगाउँदै संयुक्त जनमोर्चाका नेता बाबुराम भटराईका कार्यकर्तालाई पक्राउ गरेकोमा मानवअधिकारवादीहरुले प्रहरीको आलोचना गरेको समाचार छ ।
सरकारी स्वामित्वको गोरखापत्र दैनिकले पनि जनयुद्धको सुरुवाती दिनको समाचारलाई पहिलो पेजमा तर एक कोलममा सानो गरी छापेको थियो ।
भोलीपल्ट त्यसै समाचारमाथि कान्तिपुरले आतंक बेलैमा रोक्नुपर्छ भन्ने शीर्षकको समाचार छापेको थियो । घटनाको फलोअपका रुपमा गोरखापत्रले आतंककारी कार्य रोक्ने प्रयास तिव्र शीर्षकको समाचार छापेको थियो ।