काठमाडौ : निजी विद्यालयको छाता संगठन प्याब्सनले आइटि फेडेरेसन नेपाल र पुस्तकालय विकास फोरमको सहकार्यमा आगामी ३ वर्ष भित्र पुस्तकालय र सूचनाप्रविधि सम्बन्धि ५ हजार जनशक्ति उत्पादन गर्ने भएको छ । यस सम्बन्धि समझदारी पत्रमा बुधबार प्याब्सन र दुई संगठनबिच छुट्टाछुट्टै हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर पछि बोल्दै प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुंगानाले “एक विद्यालय एक लाइब्रेरीयन ” कायम गर्ने र यस्तो तालीम पछि सार्वजनिक विद्यालयमा पनि दिइने छ । पुस्तकालय विकास फोरमका अध्यक्ष गुणराज भट्टका अनुसार पुस्तकालय विद्यालयको अनिवार्य पक्ष भएकोले समझदारीले निकै महत्त्वपूर्ण भुमिका खेल्छ। आइटि फेडेरेसनका अध्यक्ष राजु अग्रवालले अब आइटि नजाने सम्म अन्न्य काम जान्नुको अर्थ नहुने अवस्था रहेकोले आइटि जानेको जनशक्ति अत्यावश्यक हुने बताउनु भयो ।
प्रतिक्रिया