असार २६, काठमांडौ । ओएसिस एजुकेशनले यस वर्षकी मिस नेपाल ओल्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई आफ्नो नयाँ ग्लोबल ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।
पत्रकारिताकी विद्यार्थी तथा वहुआयामिक मिस नेपाल प्रियंका, आफूले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलव्धीको प्रमुख कारण स्तरीय शिक्षा मान्छिन् । तसर्थ, उनी सन् २०१२ देखि नै विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसेसिङ गर्न सहयोग गर्दै आएको यस कम्पनीसंग आबद्ध हुँदा उत्साहित भएको बतांउछिन् ।
ओएसिसका सञ्चालक कुशल के.सी. मिस नेपालको माध्यमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले उपलब्ध गराउने गुणस्तरीय तर किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने धेरै भन्दा धेरै नेपाली विद्यार्थीर्हरुमा उक्त जानकारी पुर्याउन सहयोग हुने विश्वास गर्नुहुन्छ। वहाँ भन्नुहुन्छ, “हामी प्रियंकालाई ओएसिस परिवारमा स्वागत गर्न उत्साहित छौ वहाँको कौशलता र उदारताका गुण हाम्रो कार्य शैलीसंग मिल्ने हुनाले हाम्रो यस शाझेदारी निकै नै फलदायी हुनेछ ।”
ओएसिस र द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यस अघि यस संस्थाको ब्राण्ड एम्बेसडरका रुपमा मिस नेपाल वोल्र्ड २०१८ श्रिंखला खतिवडा रहेकी थिइन् ।
प्रतिक्रिया