काठमाडौ : एन सि सि एस कलेजले जुलाई ३ तारीखका दिन आकामा हाेटल धुम्बाराहीमा बि आई एम, बि एच एम, बि एस सि सिएसआईटी, बि बि एम र बि सि ए अध्ययनका लागि भर्ना भएका बिध्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम आयाेजना गरेको छ। उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल गणेशमान सिङ बस्नेतले स्वागत मन्तब्य व्यक्त गर्दै कार्यक्रममा अध्ययन अवधीभर विध्यार्थीकाे सिर्जनात्मक कृयाकलापमा वित्ने जानकारी गराउनु भयाे। इन्स्टिच्युट अफ ईन्जिनियरिङ सस्थाका डिन प्राेफेसर डाक्टर शशिधर राम जाेसीले इन्फर्मेसन टेक्नोलोजीकाे अध्ययन अवसर र फाइदाका विषयमा विध्यार्थीहरुलाई जानकारी गराउदै सुचना र प्रविधीकाे जगतमा अध्ययन गर्नका लागि स्वागत समेत गर्नु भएको थिए।त्यस्तै गरि होटल म्यानेजमेन्ट एक्सपर्ट सूर्यकिरण श्रेष्ठले एन सि सि एस कलेजमा विध्यार्थीहरुले हाेटल म्यानेजमेन्ट अध्ययन गर्दा ध्यान पुर्याउन पर्ने कुराहरू र हाेटल म्यानेजमेन्टकाे मर्म बुजेर यस क्षेत्रकाे आफ्नाे व्यक्तीत्व विकास गर्नका लागि उत्प्रेरित गर्नु भयकाे थियाे। त्यसै गरि बि एस सि सि एस आइ टी,बि आई एम र बि सि ए अध्ययन गर्न भर्ना भएका विध्यार्थीहरुलाई लक्षीत गरि आईटी एक्सपर्ट डाक्टर सन्जिव प्रसाद पाण्डेले आईटीकाे महत्त्व र यसकाे अवसरकाे वारेमा प्रकाश पार्नु भयाे ।
कार्यक्रमलाई भब्य, सब्य र मर्यादित बनाउन सहयोग गरिदिनु भएको मा विभिन्न विषयगत विशेशज्ञहरुलाई एन सि सि एस म्यानेजमेन्ट कन्सलटेन्ट तथा एन सि सि एस स्कुलका प्रिन्सिपल शंकर राज जाेसीले आफ्नाे मन्तव्य व्यक्त गर्दै उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु भयाे ।कार्यक्रमकाे अनाैपचारीक सत्रमा विध्यार्थीहरुले आफ्नाे विभिन्न प्रतीभाहरु प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया