काठमाडौ : एस ई ईपछि विध्यर्थीलाई उच्च शिक्षा कहाँ पढ्ने, कुन काेर्ष छान्ने लगायत थुप्रै काैतुहलता हुनु स्वभाबिक हाे ।साेही काैतुहल्तालाई निराकरण गर्नका लागि ग्यालेक्सी पब्लिक स्कुलले एक प्यानल डिस्कसन सेसनकाे आयाेजना गरेकाे छ।उक्त कार्यक्रममा किनाेट स्पिकरकाे रुपमा उद्योग वाणिज्य माहासङ्घका डाइरेक्टर दिपक राज जाेसी प्यानालिस्टमा ग्यालेक्सी पब्लिक स्कुलकी अध्यक्ष गिता क्षत्री राना, सि टि इ भी टीका पुर्व सदस्य सचिव रामहरी लामीछाने, दि बृटीस कलेजका ए लेभल प्राेग्राम मेनेजर राजन कुमार राई रहनु भएकाे थियाे भने ग्यालेक्सी पव्लिक स्कुल प्लस टु कि क्याम्पस चिफ ॠतल रानाले कार्यक्रमलाई मेडरेट गर्नु भयकाे थियोे । प्रस्तुतिकै क्रममा उद्योग वाणिज्य महासङ्घका डाइरेक्टर जनरल दीपक राज जाेसीले एस ई ई पछीकाे अध्ययन ,पेसागत सीप विकासका वारेमा प्रकाश पार्नु भयाे। त्यसै गरि सि टि इ भी टी का पूर्व सदस्य सचिव रामहरी लामीछानेले भाेकेस्नल एजुकेसन र सि टी भि टी ले प्रदान गरिने काेर्ष करियरका बारेमा आफ्नो प्रस्तुति दिनु भयकाे थियो। विद्यार्थीहरूले उहाकाे प्रस्तुति मन पराई धैरै प्रस्न गरेका थिए।
साेहि कार्यक्रममा बृटीस कलेजका ए लेभल प्राेग्राम मेनेजर राजन कुमार राईले ए लेभल र यसकाे अध्ययनबाट विध्यार्थीहरुलाई हुने व्यक्तित्व विकासका बारेमा जानकारी गराउनु भयाे। उक्त कार्यक्रममा के कस्ता विषय राेज्ने, विध्यार्थी कसरी आफ्नो भबिस्य बनाउने, साथै विध्यार्थीहरुलाई किताबमा मात्र सीमित नभइ प्लस टु अध्ययनको महत्व र ज्ञान सिपकाे बारेमा ग्यालेक्सी पब्लिक स्कुल की अध्यक्ष गीता क्षेत्री रानाले बताउनुभयाे।
कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल गराउन उपस्थित सम्पूर्णमा धन्यबाद ब्यक्त गर्दै सम्मान स्वरूप अतिथि महानुभावहरुलाई टोकन अफ लभ प्रदान गरीएको थियो। कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न भएको आयोजक संस्था ग्यालेक्सी पब्लिक स्कुलले जानकारी गराएको छ।
प्रतिक्रिया