फेकनको एघारौँ वार्षिकसाधारण सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार राजधानीको याक एण्ड यति होटलमा आयोजित कार्यक्रम व्यवसायका विविध आयामहरू माथि छलफल गर्दै सम्पन्न भएको हो। त्यस्तै व्यवसायमा देखिएका विद्यमान समस्या र चुनौतीको सामना गर्न सामूहिक प्रयास गर्ने र व्यवसायलाई मर्यादित अनि व्यवस्थित बनाउन सबै समानान्तर शैक्षिक परामर्श ब्याबसायी छाता सङ्गठनहरूको साझा प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको हो।

शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक प्रमाणीकरण शाखाका उपसचिव ईश्वरी प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा परामर्श व्यवसायीहरूका अन्य विभिन्न छाता संगठनका प्रतिनिधिहरू, विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिहरू, विभिन्न सरकारी- गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू, फेकनका सदस्य तथा शुभचिन्तक परामर्श व्यवसायीहरू सहित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। फेकनका केन्द्रीय महासचिव राजु निरौलाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेतले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा शुभकामना सन्देश दिँदै जाल्सानका अध्यक्ष झमकलाल श्रेष्ठले व्यावसायिक हकहितका लागि जाल्सानले सबै संघ संस्था सँग सहकार्य गर्दै आइरहेको र यो निरन्तर जारी रहने बताउनु भयो।

त्यस्तै आइरिनका अध्यक्ष हेमन्त भट्टराईले फेकनको वार्षिक साधारण सभालाई सफलताको शुभकामना दिँदै परामर्श व्यवसायमा पर्याप्त अवसर हुँदाहुँदै पनि चुनौती थपिएको जानकारी गराउँदै यस्ता शाझा मुद्दामा सबै शैक्षिक परामर्श ब्याबसायी एक हुनुपर्नेमा जोड दीनुभयो।

शैक्षिक परामर्श व्यवसायलाई एकतर्फी रूपमा मात्रै हेर्नु गलत भएको भन्दै नेका उपाध्यक्ष निरज सिटौलाले नेपाली विद्यार्थी विदेश पठाउने मात्र होइन, बिदेशी बिध्यार्थी नेपाल ल्याइ नेपाल लाई पनि एजुकेशन हब बनाउनुपर्नेमा जोड दिनुभएको धियो।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आफूहरू पनि लागि परेको उल्लेख गर्दै केही हप्ता अघिको सरकारको जग्गा धितो राखेर ऋण लिन नपाउने अव्यवहारिक निर्णयको दृष्टान्त दिँदै मन्त्रालयमा बस्नेहरूले आधारहीन निर्णय गरिदिँदा आफूहरू अदालतको ढोका सम्म पुग्नुपरेको जानकारी गराउनु भयो। आफूहरूको व्यवसाय भित्रै पनि मन्त्रालय गएर एक थरी कुरा गर्ने अनि साथीहरूको बिचमा अर्को कुरा गर्ने प्रवृत्ति मौलाएको भन्दै खुसुक्क धरौटी ल्याउनुपर्छ भनेर प्रोत्साहन गर्नेको हात खुट्टा भाँचिन सक्ने चेतावनी दिँदै दीर्घकालीन सोचका साथ नआउने नितिनियम मान्य नहुने हुँदा यस्ता विषयमा फेकन सँग आफ्नो संस्थाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत जाहेरगर्नु भएको थियो।

त्यस्तै फेकनका पुर्व अध्यक्ष युवराज कटवालले राज्यको नीति र धरौटीको विषय जोड्दै परामर्श व्यवसाय भित्रै पनि मन्त्रालयमा एक थरी, बाहिर एक थरी कुरा गर्ने मान्छे रहेको भन्दै प्रमाण पुगेको दिन त्यस्ता व्यक्तिहरूलाई नङ्गाउने चेतावनी दिनुभयो। शिक्षा मन्त्रालयलाई भन्दै, “फेक काम गर्नेलाई कारबाही गर्न सरकार लागीपरोस्, हामी सहयोग गर्छौ” उहाँले भन्नु भयो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक प्रमाणीकरण शाखाका उपसचिव ईश्वरी प्रसाद ज्ञवालीले यस किसिमको बहस भएको ठाउँमा राजनीतिक नेतृत्व वा सम्बन्धित मन्त्री आएको भए अझै प्रभावकारी सुनुवाइ हुने थियो भन्ने धारणा राख्दै आफूजस्तो कर्मचारीले मात्रै सुन्दा सवालहरू ठाउँमा नपुग्न सक्ने भन्दै आफूले भने पुर्‍याउने प्रयास गर्ने उनले बताउनुभयो।

कार्यक्रम समापन गर्दै कार्यक्रममा सभापति तथा फेकनका अध्यक्ष वासुदेव नेपालले उपस्थित सम्पूर्णमा धन्यबाद ब्यक्त गर्दै शैक्षिक परामर्श ब्याबसायको मुख्य मुद्दा बाट मन्त्रालय र यसका स्टेक होल्डरहरू पन्छन नमील्ने जानकारी गराउनु भयो।

एघारौँ वार्षिक साधारण सभाको खुल्ला सत्र मार्फत व्यवसायमा देखिएको ठुलो चुनौतीका विषयमा बहस सिर्जना गर्न फेकन सफल भएको छ।