नेकपा एमाले अध्यक्ष केपी ओलीले मलको विषयमा सरकारले अल्मल्याउने काम मात्रै गरिरहेको बताउनुभएकोे छ। पार्टी निकट अखिल नेपाल किसान महासङ्गको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यतिबेला मल चाहिन्छ भन्ने थाहा हुँदाहुन्दै कस्को कमिशनको चक्करमा यो अभाव भएको हो”? अन्य देशमा भए मल ल्याउन नसक्ने मन्त्रीले राजीनामा दिएर हिंड्ने थिए । मल ल्याउन मन्त्री भएको कि झन्डा हल्लाएर हिंड्न् वा पिर्के सलामि खान” ? ओलीको प्रश्न थियोे । सम्सदमा प्रधानमन्त्री शेरबहादुर देउवाले मल ल्याउने कुरा गरे पनि काम नभएको भनाइ पनि ओलीको थियो । मल अभाव विरुद्ध सरकारले बुझ्ने भाषामा आवाज उठाउन पनि उहाँले आव्हान गर्नुभयो । सम्बोधनमा अध्यक्ष ओलीले किसान महासङलाई टुक्रे भन्दा ठूल्ठूला परिमाणमा कृषि उत्पादन तर्फ लाग्न सुझाव दिनुभयो । ” थोरै उत्पादन गरेर न त आयात प्रतिस्थापन हुन्छ न त आर्थिक वृद्धि नै”, उहाँले भन्नुभयो । उहाँले किसानलाई सरकारको भर पर्नु भन्दा आफैं मल उत्पादन गर्ने तर्फ लाग्न र व्य्वसायिक बिकास गर्नेतर्फ लाग्नुपर्ने पनि उहाँले बताउनु भयो ।
प्रतिक्रिया