काञ्जीरोवा नेसनल स्कुल २५ औँ बर्षमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, १७ असार । काठमाडौँको कोटेश्वरमा रहेको काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २४ बर्ष पुरा गरेर २५ औँ बर्षमा प्रवेश गरेको छ । आज कमलादी स्थित राष्ट्रिय प्रज्ञा—प्रतिष्ठानमा एक भब्य समारोहका बिच विद्यालयले २५ औँ वार्षिकोत्सव मनाएको हो ।

२०५५ सालमा काठमाडौँ डोन बस्को उ.मा.वि को नामले स्थापित यस विद्यालयले विभिन्न आरोह अवरोहका बिच २५ औँ बर्षमा प्रवेश गरेको हो ।Kanjirowa

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु भएको समारोहमा विभिन्न् शिक्षा क्षेत्रका विशिष्ट ब्यक्तित्व, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् तथा अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको गीत, सङ्गीत, नृत्य, कविता तथा अन्य प्रस्तुती सहित विशेष उद्घाटन समारोह आयोजना भएको थियो ।

समारोहमा विद्यालयमा अनवरत रूपमा लामो समयसम्म सेवा पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान समेत गरीएको थियो ।

त्यस्तै, विद्यालयबाट यसै वर्ष कक्षा १० र कक्षा १२ को अन्तिम परीक्षा दिएका विद्यार्थीहरूको सम्मान गरेको छ ।

रजत महोत्सवको अवसरमा वर्षभरि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विविध कार्यक्रम आयोजना गरिने प्राचार्य रन्जित थापाले बताए । विद्यालयले पढाई सँगै सिप विकास गर्दै शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन लागीपरेको उहाँको दाबी छ ।

‘२१ औँ शताब्दीको आवश्यकता अनुरूप सिप विकासमा केद्रित रहेर ज्ञान हासिल गर्न जोड दिँदै विद्यालयले अनुशासित नागरिक उत्पादन गर्दै विकासमा योगदान पु¥याएको छ, थापाले भने, ‘यस विद्यालयले शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन कारखाना, रोवोटिक्स एसोसिएसन नेपाल, सम्भाव्य फाउण्डेसन, लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरूसँग पनि सहकार्य गरेको छ ।’