निजी विद्यालय सञ्चालकलाई काठमाडौं विश्वविद्यालको तालिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : निजी विद्यालय सञ्चालक र प्रधानअध्यापकहरुको नेतृत्वदायी र व्यवस्थापकीय क्षमता बढाउन काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यससम्बन्धी समझदारी पत्रमा विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवाशिय विद्यालय अर्गनाइजेशन (व्याब्सन)बीच हस्ताक्षर सम्पन्न भएको थियो । उक्त समझारीपत्रमा व्याब्सनको तर्फबाट राष्ट्रिय अध्यक्ष डिके ढुंगाना र कावीको स्कुल अफ एजुकेशनकातर्फबाट डिन बालचन्द्र लुईँटेलसहितका प्रमुख पदाधिकारीहरुले हस्ताक्षर गर्नुभएको थियो ।pabson edu

समझदारी पत्रअनुसार स्कुल अफ एजुकेशनले प्याब्सन सदस्य रहेका निजी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई एक वर्षे अवधिको डिप्लोमा तथा स्नातकोत्तर सरहको तालिम प्रदान गर्नेछ । यसका लागि ७० लाख रुपैयाँ खर्च हुने जानकारी पनि कार्यक्रममा दिइयो । हस्ताक्षरपछि बोल्दै डिन लुईंटेलले विद्यालय तहमा सक्षम नेतृत्व हुँदा नै समाजलाई बाटो देखाउन सक्ने आदर्शवान् शिक्षक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति देशमा उत्पादन गर्न सकिने भएकोले यस प्रकारको तालिम आवश्यक रहेको बताउनुभयो । नवप्रवर्तनीय काम सहजै र छिटो हुने भएका कारण यस्तो तालिमका लागि निजी शैक्षिक सँस्थाहरु काठमाडौं विश्वविद्यालयका स्वाभाविक साझेदार भएको भनाई उहाँको थियो । यद्यपी सार्वजनिक विद्यालयका प्रधानाध्यापकलाई समेत यस्तो तालिम आवश्यक पर्ने धारणा पनि उहाँको थियो ।

कार्यक्रममा व्याब्सन अध्यक्ष ढुंगानाले कार्यक्रमले एउटा दक्ष र सृजनशील प्राचार्यहरु उत्पादन गर्ने भएकोले गरिएको समझदारी एउटा समझदारी मात्र नभएर शैक्षिक विकासमा एक महत्वपूर्ण प्रस्थानविन्दु समेत भएको बताउनुभयो । व्याब्सनको वर्तमान नेतृत्व निजी विद्यालयको क्षमता वृद्धि, मर्जका लागि प्रोत्साहन सहित विभिन्न क्षेत्रमा नयाँ ढंगले काम गर्न खोजिरहेको जानकारी पनि उहाँले दिनुभयो ।