काठमाडौं : उच्च शिक्षा अध्ययन गर्न जापान जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श, जापानी भाषाको कक्षा डकुमेन्टेसन गाइड लाइन, भिजा प्रोसेसिङ र JLPT, NAT र TOP-J को तयारी गराउने उद्देश्यले सन् २००९ मा खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टरको स्थापना भएको हो। काठमाडौँको बसुन्धारामा मुख्य कार्यालय रहेको
खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टरले बिगत १३ बर्ष देखि जापानका उत्कृष्ट शैक्षिक संस्थाहरू संग सम्बन्ध स्थापना गरी बिध्यार्थीहरूलाई STUDY IN JAPAN प्रोग्राम प्रबर्द्धन गर्दै आएको छ।
बिशेषत जापानी भाषा, संस्कृति र शिक्षण संस्थाको प्रबर्द्धन गर्ने सन्दर्भमा यस एजुकेशन सेन्टरका मेनेजीङ डाइरेक्टर प्रकाश थापा पटक पटक जापान गई त्यहाँको नबिनतम परिवर्तित नियम र अबसरको बारेमा जानकारी गराएकै कारण बिध्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ ।
उत्कृष्ट भौतिक पूर्वाधार र प्रशस्त पाठ्यक्रम मार्फत
JLPT, NAT र TOP-J को तयारी सञ्चालन गर्ने
खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टरको पास आउट र भिजा सक्सेस् रेट उच्च रहेको संस्थाका मेनेजीङ डाइरेक्टर थापा जानकारी गराउनु हुन्छ।
उहाँले भन्नुभयो, ” आज मात्र हामीले जापान अध्ययनार्थ जान भिजा लागेका बिध्यार्थीहरूलाई नेपाल देखि जापान सम्म पुग्दा ध्यान दिनुपर्ने कुरालाई ध्यानमा राखेर प्री डीपार्चर ब्रीफीङ कार्यक्रमको आयोजना गरी चौधजना बिध्यार्थीहरूलाई बिदाइ समेत गरेका छौ।” कार्यक्रममा भिजा प्राप्त गर्न सफल बिध्यार्थीहरूले खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टरलाई धन्यबाद समेत प्रदान गरेका छन्।
प्रतिक्रिया