काठमाडौं : यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका अर्गानिक कृषक कृष्ण राईले पाउने भएका छन् । भण्डारीको ७१ औं जन्म जयन्तीका अवसरमा यो पुरस्कार दिइएको हो । मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २०५४ सालदेखि अर्गानिक खेती गर्दै आएका राईलाई कृषि क्षेत्रमा नविन प्रयोग गरेबापत यो पुरस्कार दिन लागिएको जानकारी दिइएको छ। यसैगरि यसवर्ष देखि दिन लागिएको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार उमेर र विपन्नताको कारण शिक्षाबाट बन्चित महिला र किशोरीका लागि औपचारिक शिक्षामा जोडिन योगदान गरे बापत ललितपुरस्थित प्रेरणा महिला माध्यमिक विद्यालयलाई दिने जानकारी समेत कार्यक्रममा दिइयो । दुबै पुरस्कारको रकम १/१ लाख रुपैयाँ रहेको छ । विस २०५४ साल देखि दिन लागिएको यो पुरस्कार यस अघि मह जोडी, शहिद पार्क हेटौंडा, डा. भगवान कोइराला, महावीर पुन, धुर्मुस सुन्तली फाउन्डेसन, प्रा डा सुबोध शर्मा र गत वर्ष कोभिड महामारीका बेला उल्लेखनीय कार्य गर्ने नर्श सुनिता सहकरि र एम्बुलेन्स चालक बोम बहादुर गुरुङलाई दिइएको थियो । कार्यक्रममा पुरस्कार सम्बन्धि विषयमा बोल्दै मानवअधिकारकर्मि एवं फाउन्डेसनका सचिवालय सदस्य सुशील प्याकुरेलले मदन भण्डारीको सोच अनुरुप राष्ट्रिय जीवनमा उदाहरणिय काम गर्नेलाई पुरस्कार दिइएको बताउनुभयो । सञ्चारविद एवं सचिवालयका अर्का सदस्य कुन्दन अर्यालले वैज्ञानिक पद्धतिबाट सर्वेक्षण गरी पुरस्कार सम्बन्धि निर्णय गरिएको बताउनु भयो |
प्रतिक्रिया