काठमाडौं,: नेकपा एमालेका तत्कालिन महासचिव एवं जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्ती शुक्रबारबाट सुरु भएको छ । मदन भण्डारी फाउण्डेशनले जन्मजयन्ती कार्यक्रमको औपचारिक सुरुवात मदन भण्डारी छलफल सृंखला तथा रक्तदान कार्यक्रमबाट सुरु गरेको हो । कार्यक्रमको दोस्रो दिन भोली शनिबार समाज र विकास ः जबजको दृष्टिकोण विषयमा प्राज्ञिक अन्तरसंवाद गरिने जानकारी पनि प्रतिष्ठानले दिएको छ । सोही दिन मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर आयोजना गरिने छ । यसै गरी मदन भण्डारी राष्ट्रिय पुरस्कारबारे सञ्चारकर्मीसँग अन्तक्रिर्या तथा सञ्चार माध्यममा जबजसम्बन्धी अन्तक्रिर्या समेत गरिने छ । यसै अवसरमा असार १३ गते नेपालमा सडक सुरक्षासम्बन्धी अन्तरसंवाद समेत गरिने भएको छ ।
असार १४ गते अर्थात् मदन भण्डारीको जन्म दिवसका दिन मूल समारोह आयोजना गरिने जानकारी पनि फाउण्डेशनले दिएको छ । सो दिन अपरान्ह दुई बजे राष्ट्रिय सभागृहमा मूल समारोहकाबिच मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तर नेतृत्व राष्ट्रिय प्रदान गरिने छ । सोही दिन लोकतान्त्रिक आन्दोलनका योद्धाहरुलाई सम्मान कार्यक्रम तथा मदन, जनताको बहुदलीय जनवाद र स्थानीय लोकतन्त्रको विकास विषयमा प्रदेश र जिल्ला स्तरीय गोष्ठी आयोजना गरिने छ ।
यसै गरी फाउण्डेशनका तल्ला निकायहरुले मदन भण्डारीसँग सम्बद्ध विषयमा संवाद, साहित्यक कार्यक्रम, श्रव्य दृश्य प्रस्तुति, खेलकुद प्रतियोगिता र सडक सुरक्षासम्बन्धी नीति र व्यवहार सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम आयोजना हुनेछ ।
यसै गरी साताभर नै मदन भण्डारीको व्यक्तित्य सम्बन्धमा अन्तक्रिर्या, वृक्षरोपण, स्थानीय स्तरमा रहेका मदनस्मृति पार्क उद्यान आदिको सरसफाई , वृद्ध अपांग र विपद प्रभावितलाई सहायता लगायतका सृजनात्मक कार्यक्रमहरु गर्ने छन् ।
तस्विर साभार : पुस्तक, “तस्विरमा मदन भण्डारी’ ~ मदन भण्डारी फाउण्डेसन
प्रतिक्रिया