ए. सी. सी. ए. (एशोसिएसन अफ सर्टीफाइड चार्टर्ड एकाउन्टेन्सी) नेपालले जुन 18 तारिख शनिबारका दिन पार्क भिलेज रिसोर्ट काठमाडौंमा “एनुअल मेम्बर्स डे” को आयोजना गरेको छ।
कोरोना महामारी पश्चात प्रत्यक्ष भेटघाटका रूपमा आयोजना गरेको ए. सी. सी. ए. नेपालको यो पहिलो कार्यक्रम हो।
सदस्यहरुलाई एकै स्थानमा एकत्रित भई अन्तर्क्रिया गर्न र नेटवर्कमा जोडिन सहयोग पुर्याउन उक्त इभेन्टको आयोजना गरिएको हो। यस कार्यक्रमले सदस्यहरु बिच आत्मीयता बढाउने र सह अस्तित्व को भावना विकास गर्ने अपेक्षा गरिएको छ।
२०२२ मे महिना देखि २०१९ मार्च महिनाको बीचमा ए. सी. सी. ए. ए. को नयाँ सदस्यका रूपमा जोडिएका ११६ ए. सी. सी. ए. प्रोफेस्नल्स्लाई मान्यता र सहजीकरण प्रदान गर्ने हेतुले ए. सी. सी. ए. नेपालले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
ए. सी. सी. ए. का नेपाल मार्केट हेड रविन कटुवालले सम्पुर्ण सदस्य, नव सदस्य, लर्निङ् पार्टनर (कलेज), प्रतिनिधि तथा शुभेच्छुक हरुलाई रिकग्निसन् सर्टिफिकेटस् र टोकन् अफ एप्रिसिएसन् प्रदान गर्नु भयो।
ए. सी. सी. ए. की प्रेसिडेन्ट ओर्ला कलिन्सका तर्फ बाट एउटा स्पेसल भिडियो पनि इभेन्टमा प्रस्तुत गरिएको थियो। प्राविधिक कारण बस कलिन्स प्रत्यक्ष सहभागी हुन नसक्ने जानकरी गराएसी वहाँको रेकर्डेड भिडियो प्रस्तुत गरिएको हो।
ए. सी. सी. ए. नेपाल मेम्बर एड्भाइजरी कमिटी (एम. ए. सी.) की उपादक्ष प्रियन्जली जोशी, एम. ए. सी. सदस्य बिपिन थापा तथा सिनियर ए. सी. सी. ए मेम्बर जगदीश भट्टराईले नयाँ जोडिनु भएका सदस्यहरुलाई आफ्ना अनुभव बारे केही शब्दहरु साट्नु भएको थियो।
टिम बिल्डिङ्, प्रोफेस्नल् ग्रुपको विकास, त्यसको महत्त्व र आगामी दिनमा प्रोफेस्नल् नेटवर्किंङ्को भविस्य बारे छलफल गर्दै कार्यक्रको समापन गरिएको थियो।
प्रतिक्रिया