विद्यालयको परीक्षा प्रणाली फेरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं ः सरकारले विद्यालय तहको परीक्षा प्रणालीमा व्यापक परिवर्तन गर्ने भएको छ । अहिलेसम्म स्मरण क्षमताको परीक्षणमा मात्र सिमित परीक्षा प्रणालीलाई अब विद्यार्थीको सृजनात्मक क्षमता तथा समस्या समाधानको क्षमतासँग परीक्षण गर्ने प्रणालीमा लगिने छ ।

निजी उच्चमाध्यमक विद्यालयहरुको छातासँस्था हिसान र कलेज रिडर्सद्वारा बिहीबार राजधानीमा आयोजित उच्चमाविको सबल तथा दुर्बल पक्ष र अबको बाटो सम्बन्धी गोेष्ठीमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अब कक्षा ३, ८ र १० मा विद्यार्थीको उपलब्धीको बाह्य परीक्षण विन्दु (चेक प्वाइंट) राख्दै स्तरीकृत परीक्षण प्रणाली लागू गर्नेतर्फ बोर्ड अघि बढेको जानकारी दिनुभयो । ‘यो वर्ष गणित विज्ञान र अंग्रेजी विषयमा स्तरीकृत परीक्षण प्रणाली लागू गर्न निर्देशिका समेत तयार गरिसकेका छौं’, शर्माको भनाई थियो । साथै यसैका लागि कक्षा १० मा उक्त तीन विषयका प्रश्न बैंक तयार समेत गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्ड रहेको जानकारी पनि उहाँले दिनुभयो । यसै गरी अर्को वर्ष कक्षा १२ का लागि स्तरीकृत परीक्षण प्रणाली सुहाउँदो प्रश्न बैंक तयार गरिने पनि उहाँले बताउनुभयो ।

अहिलेसम्म प्रश्नको जवाफ घोकेको भरमा उत्तीर्ण हुन सक्ने अवस्थालाई फेर्दै विषय वस्तुमाथि विद्यार्थीको बुझाई, आलोचनात्मक दृष्टि, सृजनात्मक सोच र समस्या समाधान तर्फ लैजान सक्ने क्षमताको समेत परीक्षण नयाँ परीक्षा प्रणालीले गर्ने भनाई समेत उहाँको थियो । यसका लागि प्रादेशिक र स्थानीय सरकारहरुसँग बोर्ड सहकार्य गर्न थालिसकेको समेत उहाँले बताउनुभयो । ‘कुनै विद्यार्थीले कक्षा १ देखि १० सम्म नै एउटा निश्चित विषयमा शून्य ल्याएको देखियो यसको अर्थ उसले केही पनि सकेन भन्ने हुँदैन । यहाँनेर हाम्रो परीक्षा प्रणाली दोषि देखियो’, शर्माले थप्नुभयो ।
कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थीलाई सोधिएका उत्तर किताबबाट खोज्ने नभई आफ्नो कुरा राम्ररी भन्नसक्ने, आइपर्ने सामान्य समस्य आफैं समाधान गर्न सक्ने र परिस्थिति लाई सहजै ग्रहण गरेर त्यस अनुसार चल्न सक्ने बनाउने खालेको शिक्षण र परीक्षा प्रणाली चाहिने बताउनुभयो । कार्यक्रमा हिसानका अध्यक्ष रमेश सिलवालले निजी क्षेत्रले उच्चमाध्यमक तहसम्मको अध्ययनका लागि विदेश जाने प्रवृत्ति अन्त्य गरिदिएको बताउनुभयो । कार्यक्रममा निजी विद्यालयका सँस्था व्याबसनका उपाध्यक्ष कृष्ण अधिकारी र एनव्याबसनका उपाध्यक्ष सुवास न्यौपानेले निजी शिक्षालयले देशको शैक्षिक उन्नयनमा पुर्याएको योगदान र समस्याहरुबारे चर्चा गर्नुभएको थियो ।