काठमाडौं : ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण दहचोक क्षेत्रको विकासका लागि विषेश योजना बनाइने भएको छ ।
प्रदेश साम्सद केशव पोखरेलको प्रमुख आतिथ्यतामा स्थानीय भ्यु ३६० डिग्री रिसोर्टमा सम्पन्न उक्त बैठकले कालु पाँडेको समाधि सहितको उक्त क्षेत्रलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने, सुरक्षा , सडक बत्तीको प्रबन्ध, लालीगुराँसको संरक्षण , स्थानीय सँस्कृति र भेषभुषाको प्रवर्द्धन लगायतका कार्यक्रम अगाडि बढाइने निर्णय गरेको छ।
बैठकले यसका लागि इन्द्रदह कोत गाउँ पर्यटन समिति समेत गठन बैठकमा बोल्दै चन्द्राद्रागिरी नगरपालिका प्रमुुख घनश्याम गिरीले इन्द्रदहकाे प्रवर्द्धनका लागि नगरपालिकाले सक्दाे प्रयत्न गर्ने बताउनु भयो ।
त्यस्तै बैठकमा स्थानीय पर्यटन ब्यवसायीहरूले पानीको समस्या रहेकोबारे ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया