काठमाडौ : होम्स् इष्टीच्यूट अष्ट्रेलियाले काठमाडौंको एजुकेसन एण्ड माइग्रेसन कर्नर सँग सहकार्यका साथ आयोजित “एडमिसन इभेन्ट 2022” आज सम्पन्न भएको छ।
होम्स् इष्टीच्यूट अष्ट्रेलियामा अवस्थित शैक्षिक संस्था हो जसले बहु आयामिक विषय जस्तै भेट, हाइयर एजुकेसन, इंग्लिश ल्याङ्वेज, एम बि ए लगायत बिषयमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ।
होम्स् इष्टीच्यूटले मेलबोर्न, सिड्नी, ब्रिसबेन, गोल्ड कोस्ट, केन्ज्स, मा आफ्ना क्याम्पस हरु सञ्चालन गर्दै आएको छ।
होम्स् इष्टीच्यूटले बिध्यार्थीहरुको समस्या तथा गुनासाहरु समाधान गर्नका लागी इष्टीच्यूटमा स्टुडेन्ट केयर यूनिट पनि संचालन गरेकाले विद्यार्थीहरुलाई होम्स् इष्टीच्यूटमा अध्ययन अवधि भर सहज हुने बताउनु हुन्छ इष्टीच्यूटका बिजनेस डेभलपमेन्ट डिरेक्टर टेरी मेलोन।
बिजनेस डेभलपमेन्ट डाइरेक्टर टेरी मेलोनले होम्स् इष्टीच्यूटको अध्यापन को अनुभव र विद्यार्थीहरुको शिप विकाश हात परेको सफलताको पाटोनै सबैभन्दा अब्बल रहेको जानकारी गराउनु भयो।
होम्स् इष्टीच्यूट विद्यार्थीहरुको शिक्षा र शिप विकासमा केन्द्रित बिषयक शैक्षिक सेवामा उत्कृष्ट बन्दै अघि बढ्दै गरेको एउटा अल्टरनेटिभ पाथ्वे प्रोभाईडर रहेको एजुकेसन एण्ड माइ ग्रेसन कर्नरकी एकेडेमिक काउन्सिलर गिता पाण्डेले जानकारी गराउनु भयो।
होम्स् इष्टीच्यूटमा अध्ययनमा जाने विद्यार्थीहरु अष्ट्रेलियामा मात्र नभएर विश्वका अन्य कयौँ राष्ट्रहरुमा सहज सँग जीवन यापन गरिरहेको अनुभव साट्दै टेरी मलोनेले एडमिसन मा भइसकेका विद्यार्थीहरुलाई सफल भविष्यको शुभकामना दिँदै ईच्छुक विद्यार्थीहरुलाई थप शैक्षिक परामर्श प्रदान गर्नु भयो।
प्रतिक्रिया