अल्ब्राईट इंस्टीट्यूट अष्ट्रेलियाको एजेन्ट मिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अल्ब्राईट इंस्टीट्यूट अष्ट्रेलियाले काठमाडौंमा एजेन्ट मिट को आयोजना गरेको छ।
अलब्राइट इंस्टीट्यूटको मेलबोर्न, एडेलेड, ब्रिसबेन, तथा सिड्नी मा आफ्नो क्याम्पसहरु रहेका छन्।

यही जेष्ठ २९ गतेका दिन “दि एभरेस्ट होटल” नयाँ बानेश्वरमा आफ्ना सम्पूर्ण एजेन्ट हरुलाई इंस्टीट्यूट को उपलब्ध कोर्ष संस्थाको नयाँ निति तथा अवधारण बारे जानकरी दिने उद्धेश्यले उक्त एजेन्ट मिट को आयोजना गरिएको नेपाल स्थित बिजनेस डेभलपमेन्ट म्यानेजर सुष्मिता सुब्बाले जानकरी गराउनु भयो।

कार्यक्रममा देशभरी छरिएर रहेका आफ्ना एजेन्टहरुलाई इन्टरनेसनल बिजनेस डेभलपमेन्ट म्यानेजर गुलरेज़ हाजीले सर्टिफिकेट अफ एप्रिसिएसन् प्रदान गर्दै आगामी दिनमा पनि सफल र विश्वासिलो सहकार्यको कामना गर्नु भयो।

अलब्राइट इन्स्टिट्युटले इंग्लिश ल्याङ्वेज कोर्ष र अन्य विषय जस्तै इन्फोमेसन टेक्नोलोजी, लिडरशिप म्यानेजमेन्ट, प्रोजेक्ट म्यानेजमेन्ट, बिजनेस र मार्केटिङ कम्युनिकेसनमा भोकेशनल कोर्सहरु गराउँदै आएको छ।

अलब्राइट इन्स्टिट्यूट अष्ट्रेलियाले आगामी दिनमा नयाँ कोर्ष हरु थप्ने तथा अन्य स्थानहरूमा क्याम्पस एक्सटेन्सन गर्दै जाने र नेपाललाई प्राथमिक बजार को रूपमा हेरिरहेको अलब्राइट की इन्टरनेसनल बिजनेस डेभलपमेन्ट म्यानेजर गुलरेज़ हाजीले जानकारी गराउनु भयो।