एस. आइ. युके. नेपालको “दि लार्जेस्ट युके एजुकेसन फेयर २०२२” सम्प्नन गरेको छ। गत शनिवार राजधानीको एभरेष्ट होटलमा आयोजित शैक्षिक मेलामा नेपाली विद्यार्थीले २५ भन्दा बढी बेलायती विश्वविद्यालयका शैक्षिक कार्यक्रमबारे एक मुष्ट जानकारी पाएका छन् ।
कार्यक्रममा एन आर एन प्रेसिडेन्ट कुल आचार्य, तृतिय अध्यक्ष डाक्टर बद्री केसी, महासचिव केशव राज पौडेल, एस आई युके इंडिया का ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर प्रदीप अधिकारी, एस आई युके नेपालका डिरेक्टर बिनय अधिकारीको लगायत अन्य थुप्रै उच्च पदस्त व्यक्तित्व हरुको उपस्थिती रहेको थियो।
एस। आइ। युके। नेपालले आयोजना गरेकोूदि लार्जेस्ट युके एजुकेसन फेयर २०२२ू का प्रमुख अतिथि एन आर एन प्रेसिडेन्ट ९आई ई एस० कुल आचार्यले पानसमा बत्ती बाली कार्यक्रमको औपचारिक समुद्घाटन गर्दै एस आई युके नेपालका डिरेक्टर बिनय अधिकारीको अथक प्रयास र ब्याबसायीक कौसलता र परोपकारी भावनाको उच्च कदर गर्दै ब्याबसायीक र सामाजिक दुबै काममा सफलता मिलोस् भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

एस आई युके इंडिया का ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर प्रदीप अधिकारीले कार्यक्रममा उपस्थित सम्पूर्ण बिश्वबिद्यालयका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी भएर फेयरको गरिमा बढ्इदीनु भएकोमा धन्यबाद ब्यक्त गर्नु भयो।
शैक्षिक मेलामा २४ भन्दा बढी बेलायतका कलेज, पाथ वे प्रोभाईडर, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिहरुले १४०० भन्दा बढी विद्यार्थीहरुलाई परामर्श प्रदान गरेका थिए। सायदै धेरै बिश्वबिद्यालय र बिध्यार्थीहरूको जमघट भएको बेलायत मात्र केन्द्रित यो नै नेपालकै पहिलो र ठूलो फेयर हुन सक्छ।
शैक्षिक मेलामा उपस्थित बेलायत पढ्न जान इच्छुक विद्यार्थीहरूले एकै छाना मुनी बेलायतका प्रत्यक्ष उत्कृष्ट विश्वविद्यालय संग साक्ष्यातकार गराउन पाउँदा मेला सफल भएको डाइरेक्टर बिनय अधिकारीले मिडिया समक्ष जानकारी गराउनु भएको छ।
प्रतिक्रिया