युवाका कार्यक्रममा डुब्लिकेसन धेरै भो, मर्ज गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ: युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले युवाका कार्यक्रम मन्त्रालय पिच्छे रहेको बताउँदै सबैलाई एकै सस्थाम मर्ज गर्नु पर्ने बताउनुभएको छ ।  राष्ट्रिय  युवा परिषद् र शिक्षा पत्रकार संजाल (इजोन) द्वारा आइतबार राजधानीमा आयोजित परामर्श गोश्ठिलाइ सम्बोधन गर्दै मन्त्री गहतराजले एकातिर  युवा परिषदलाई बजेट नपुग्ने र अर्कोतिर अन्य मन्त्रालयमा दिइएका युवा लक्षित बजेट प्रयोगहिन हुने अवस्था रहेकोे बताउनु भयो ।                युवाका उध्य्म र क्षमता बिकास भन्दै मन्त्रालयहरुमा पुगेका झन्डै ५० अर्ब रुपैयाँको बजेट फ्रीज हुने अवस्था रहेकोे उहाँले बताउनु भयो ।                                                                                     युवालाइ उत्पादनमुलक काम सङ जोड्न नसक्दा उनीहरुमा यहाँ उधम गर्न नखोज्ने तर बाहिर जे पनि गर्ने प्रवृत्ति देखिएको भन्नाइ उहाँको थयो।